मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

इङ्ल्यान्डविरुद्ध भारतको रोमाञ्चक जित


  • माउन्टेन खबर
  • शुक्रबार, चैत्र ६, २०७७
  • 468
    SHARES

६ चैत्र, काठमाडौं । भारतले इङ्ल्यान्डविरुद्ध चौंथो टी–ट्वान्टी क्रिकेटमा रोमाञ्चक जित निकालेको छ ।

बिहीबार राति भएको खेलमा भारतले इङ्ल्यान्डलाई ८ रनले पराजित गरेको हो ।

अहमदाबादमा भएको खेलमा भारतले जित निकाल्दै ५ खेलको सिरिज २–२ को अवस्थमा पुगाएको छ ।

भारतले दिएको १८६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको इङ्ल्यान्डले २० ओभरमा ८ विकेट गुमाएर मात्र १७७ रन बनायो ।

इङ्ल्यान्डका लागि बेन स्टोक्सले सर्वाधिक ४६ रन बनाए । यस्तै जासन रोयले ४० रन बनाए । भारतका लागि शार्दुल ठाकुरले ३ विकेट लिए । यस्तै हार्दिक पाण्डय र राहुल चहलले २ /२ विकेट हात पारे ।

यसअघि पहिले टस जितेर ब्याटिङ गरेको भारतले २० ओभरमा ८ विकेट गुमाएर १८५ रन बनाएको थियो ।

भारतका लागि सुर्य कुमार यादवले अर्धशतकीय पारी खेले । उनले ५७ रन बनाए । त्यस्तै श्रेयस एयरले ३७ रन जोड्दा ऋषव पन्तले ३० रन बनाए ।
बलिङ्ल्यान्डका लागि जोफ्रा आर्चर ४ विकेट लिए । दुई देशबीचको अन्तिम टी–ट्वान्टी शनीबार हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)