बिहिबार, बैशाख २०, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

सरकार र जसपा सहमति नजिक


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र १०, २०७७
  • 740
    SHARES

काठमाडौं,१० चैत्र । नयाँ सरकार बनाउन विभिन्न किसिमका अभ्यास भइरहेका बेला, सरकार र जनता समाजवादी पार्टी (जसपा) सहमति नजिक पुगेका छन् । आफ्नो पार्टीले राख्दै आएको माग पूरा गर्ने प्रतिबद्धता प्रधानमन्त्री केपी शर्मा ओलीले जनाएपछि सरकारमा सहकार्य गर्ने स्थिति बन्न लागेको जसपा स्रोतको दाबी छ ।

जसपा स्रोतका अनुसार पछिल्लो समयमा प्रधानमन्त्री ओलीसँग जसपा अध्यक्ष महन्थ ठाकुर निकै नजिकिएका छन् । एक डेढ महिनायता उनीहरुबीच पटकपटक भेटघाट र कुराकानी भएको स्रोतले बताएको छ ।

जसपाले राखेका माग पूरा गर्न सरकारले कार्यदलसमेत गठन गरेको छ । सो कार्यदलमा सरकारका तर्फबाट अर्थमन्त्री विष्णु पौडेल तथा नेताहरु सुवास नेम्वाङ र राजन भट्टराई छन् । जसपाबाट सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण रहेको कार्यदल बनाइएको छ । शुक्ल र कर्ण दुवै अध्यक्ष ठाकुरनिकट हुन् । ठाकुरले पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादवसँग समेत छलफल नगरी आफ्नो एकल निर्णयमा कार्यदल गठन गरेका थिए । कार्यदल सहमति नजिक पुगेको स्रोतको भनाइ छ । नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }