मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भारतबाट फर्किनेमा कोरोना संक्रमण


  • माउन्टेन खबर
  • बिहिबार, चैत्र १२, २०७७
  • 411
    SHARES

काठमाडौं । भारतका विभिन्न राज्यमा कोरोना संक्रमण तीव्र बनेसँगै रोजगारीका लागि त्यहाँ पुगेका नेपालीहरू धमाधम घर फर्कन थालेका छन् । यसरी फर्कनेमा संक्रमितसमेत छन् । स्वदेश भित्रिने क्रममा गौरीफन्टा नाकामा स्वास्थ्य परीक्षण गर्दा पछिल्लो दुई दिनमा १४ जनामा संक्रमण पुष्टि भएको नाकास्थित हेल्थ डेस्कमा खटिएका स्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मी अमित विकले बताए ।

अघिल्लो वर्ष यही समयमा संक्रमणको त्रासले घर फर्किएकाहरू आर्थिक जोहो गर्न जोखिमका बीच फेरि भारततिर लागेका थिए । अहिले भारतमा पुनस् पहिलेकै जस्तो अवस्था दोहोरिन थालेपछि उनीहरू धमाधम घर फर्कन थालेका हुन् । ‘उनीहरूसँगै कोरोना पनि भित्रिने डर भयो,’ विकले भने, ‘मंगलबार ६ जनामा पोजिटिभ देखियो, बुधबार ८ जना संक्रमित फेला परका छन् ।’ उनीहरूलाई होम क्वारन्टाइनमा बस्न भनिएको छ । हालसम्म कुनैलक्षण नदखिएको संक्रमितहरूले बताएको उनले सुनाए ।

घर फर्कनेको संख्या बढेपछि चैत पहिलो सातादेखि स्वास्थ्य कार्यालयले सीमामा हेल्थ डेस्क राखेर परीक्षणपछि मात्रै प्रवेश गर्न दिएको छ । ‘बुधबार १ सय २८ जनाको परीक्षण गरका थियौ ें,’ स्वास्थ्य कार्यालय प्रमुख लालबहादुर धामीले भने, ‘मंगलबार २ सय १७ जनाको परीक्षण गर्दा ६ जनामा संक्रमण देखिएको थियो ।’ यो नाका भएर स्वदेश फर्कनेको संख्या एक साताअघिसम्म दैनिक ५ सयको हाराहारी थियो । मंगलबारदेखि भने ह्वात्तै बढेको छ ।

सशस्त्र प्रहरी ३४ नम्बर गणका एसपी दीपेन्द्र कुँवरले बुधबार यो संख्या एक हजार नाघेको दाबी गरे । अहिले भारतको दिल्ली, मुम्बई, गुजरात, चेन्नईलगायत मुख्य सहरमा संक्रमण फेरि ब्यापक फैलिएको छ । ती सहरहरूमा धेरैको संख्यामा नेपालीहरू कार्यरत छन् । कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)