बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भारतद्वारा कोरोनाविरुद्धको खोप निर्यातमा रोक


  • माउन्टेन खबर
  • बिहिबार, चैत्र १२, २०७७
  • 840
    SHARES

१२ चैत्र, काठमाडौं । भारतले कोरोना भाइरस (कोभिड-१९)विरुद्धको खोप निर्यातमा अनिश्चितकालीन रोग लगाएको छ।

पछिल्लो समय दोस्रो चरणको लहर सुरु भएकोले भारतमै खोप आवश्यक हुन सक्ने भन्दै अस्थायीरुपमा खोप निर्यात रोकेको हो ।

बीबीसीका अनुसार अक्सफर्ड-आस्ट्राजेनेका खोपको सबै निर्यातहरूमाथि रोक लगाइएको भारतीय विदेश मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

भारतको यो निर्णयले कोभ्याक्स योजनाअन्तर्गत रहेका करिब १९० राष्ट्रलाई असर गर्नसक्ने अनुमान गरिएको छ । र, यसबाट नेपालमा पनि खोप अभियान प्रभावित हुनसक्नेछ ।

भारतले अहिलेसम्म ७६ देशमा गरी ६ करोडभन्दा बढी खोप निर्यात गरिसकेको छ र त्यसमा धेरै अक्सफर्ड-आस्ट्राजेनेकाकै खोप परेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)