बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पहिलो सय दिनमा २० करोडलाई कोरोना भ्याक्सिन पुर्याउने वाइडेनको लक्ष्य


  • माउन्टेन खबर
  • शुक्रबार, चैत्र १३, २०७७
  • 591
    SHARES

१३ चैत्र, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको हैसियतले काम गर्ने क्रममा अब उनको लक्ष्य पहिलो सय दिनमा २० करोड जनतालाई कोरोनाको भ्याक्सिन दिने भएको बताएका छन् ।

राष्ट्रपति भएपछि बिहिबार आफ्नो पहिलो आधिकारिक पत्रकार सम्मेलनमा उनले यसको घोषणा गरेका हुन् ।

बाइडेनले भनेका छन्, ‘आज म दोस्रो लक्ष्य निर्धारण गरिरहेको छु । हामीले आफ्नो कार्यकालको पहिलो सय दिनमा २० करोड जनतालाई भ्याक्सिन दिनेछौं ।’

उनले थपे, ‘मलाई थाहा छ, यो महत्वाकांक्षी हो, हाम्रो मूल लक्ष्यभन्दा दोब्बर । हामीले जे गरिरहेका छौं यसमा अरु कुनै देश छेउछाउ पनि आउन सकेका छैनन् । हामीलाई पूर्ण विश्वास छ कि हामी यस्तो गर्न सक्छौं ।’

अमेरिकामा हालसम्म कोरोना भ्याक्सिनका करिब १३ करोड डोज दिइसकिएको छ ।

कोरोनाबारे एउटा पनि प्रश्न छैनः

करिब एक घण्टासम्म चलेको पत्रकार सम्मेलनमा बाइडेनलाई थुप्रै मुद्दामा प्रश्न सोधियो तर सबैभन्दा अचम्मको कुरा के हो भने त्यहाँ उपस्थित कुनै पनि पत्रकारले राष्ट्रपतिलाई अमेरिकाको स्वास्थ्य संकट र कोरोनामा कुनै प्रश्न सोधेनन् ।

यसबारे धेरैजसोले सोसल मिडियामा कुरा पनि गरिरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)