बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

शुक्रबार थप १५६ जनामा कोरोना संक्रमण पुष्टि


  • माउन्टेन खबर
  • शुक्रबार, चैत्र १३, २०७७
  • 528
    SHARES

१३ चैत्र, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १५६ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७६ हजार ६६५ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा थप ६६ जनामा संक्रमण पुष्टि भएको छ। काठमाडौँका ५५, ललितपुरका ९ तथा भक्तपुरका २ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्यमा मन्त्रालयका अनुसार शुक्रबार ७० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७२ हजार ३४२ पुगेको छ।

हाल देशभर १ हजार २ सय ९९ जना सक्रिय संक्रमित रहेका छन्। गत चौबीस घन्टामा ४ हजार ४ सय १६ पीसीआर परीक्षण भएको छ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोनाबाट थप ४ जनाको मृत्यु भएको छ। देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनको संख्या ३ हजार २४ पुगेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)