बिहिबार, साउन २१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेपालगञ्जमा भारतबाट आएका २४ जनामा कोरोना संक्रमण


  • माउन्टेन खबर
  • शनिबार, चैत्र २८, २०७७
  • 436
    SHARES

२८ चैत्र, बाँके । भारतबाट आएका तीनसहित २४ जनामा कोरोना देखिएको छ । नाकामा राखिएको हेल्थ डेस्कमा भारतबाट आएका तीनजनामा कोरोना पुष्टि हुँदा भेरी अस्पताल, नेपालगञ्जमा २१ जना संक्रमित देखिएका हुन् ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीले भारतबाट आएका बर्दियाको बारबर्दिया–७ का २५ वर्षीय पुरुष, बाँके बैजनाथ–३ का २७ वर्षीय पुरुष र दैलेख नगरपालिका वडा नम्बर ७ का २१ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको जानकारी दिए ।

कोरोना पुष्टि भएकाहरुलाई भेरी अस्पताल, नेपालगञ्जमा राखिएको छ । योसँगै भारतबाट आएका नौ जनामा कोरोना पुष्टि भइसकेको छ ।

शनिबार बिहान भेरी अस्पताल, नेपालगञ्जमा २१ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६१ जनाको कोरोना जाँच गरिएकोमा २१ जनालाई कोरोना देखिएको अस्पतालले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)