बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण


  • माउन्टेन खबर
  • आइतवार, बैशाख ५, २०७८
  • 873
    SHARES

कर्णाली, ५ वैशाख 

कर्णाली प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीले शपथ ग्रहण गर्नुभएको छ । उनीहरुलाई आज कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले शपथ गराउनुभएको हो ।

प्रदेश प्रमुख कलौनीले उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा, भौतिक पूर्वाधार विकासमन्त्री अम्मरबहादुर थापा र भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो । थापा र शाही नयाँ मन्त्री भए पनि पर्यटनमन्त्री बुढालाई पुनः त्यही मन्त्रालय दिइएको छ ।

निवर्तमान आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालासहित नवनियुक्त मन्त्रीत्रय बुढा, थापा र शाहीले नेकपा एमालेले जारी गरेको ह्वीप तोडेर वैशाख ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रस्ताव गरेको विश्वासको मतका पक्षमा मतदान गर्नुभएको थियो ।

मुख्यमन्त्री शाहीको सरकार जोगाउन फ्लोर क्रस गर्ने नेता ज्वालासहित नवनियुक्त मन्त्रीत्रय माधव नेपाल समूहका रहेका छन् । मुख्यमन्त्री शाहीको पक्षमा मतदान गर्ने नेता ज्वाला भने मन्त्री बन्नुभएको छैन । मन्त्रीत्रयलाई नेकपा {एमाले} कर्णाली प्रदेश समितिले शनिबार पार्टीको साधारण सदस्य नरहने गरी निष्काशन गरिसकेको प्रेस वक्तव्यमार्फत जानकारी गराएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)