बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

संक्रमितले भरिन थाले अस्पतालका शय्या


  • माउन्टेन खबर
  • आइतवार, बैशाख १२, २०७८
  • 1.3K
    SHARES

काठमाडौं, १२ वैशाख 

कोभिड–१९ को संक्रमणले गर्दा उपत्यकाका अस्पतालका रहेका शय्या भरिन थालेका छन् । दैनिक संक्रमितको संख्या बढ्न थालेपछि शय्या भरिन थालेका हुन् । चिकित्सकहरूका अनुसार अहिले नेपालमा १२.३ प्रतिशत संक्रमण दर रहेको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग, वीर, पाटन, त्रिवि शिक्षण र सशस्त्र प्रहरी बल अस्पतालमा कोराना संक्रमितले अस्पतालका शय्या भरिँदै गएको छ । शुक्रराज अस्पतालका २२ सघन उपचार कक्षमध्ये २० र १२ भेन्टिलेटर संक्रमितले भरिएको अस्पतालका निर्देशक डा सागर राजभण्डारीले जानकारी दिनु भयो । उनका अनुसार ५५ आइसोलेशन शय्या पनि भरिएका छन् ।

वीर अस्पतालमा पनि कोभिड–१९ का बिरामीलाई छुट्याइएको शय्या भरिन थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले उपत्यकामा अहिले ७७ जना सघन उपचार कक्षमा र ४० जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।

मुलुकभरि एक हजार १८० सघन उपचार कक्ष र ५१२ भेन्टिलेटर रहेका छन् । तीमध्ये १७३ जना सघन उपचार कक्ष र ५७ जना भेन्टिलेटरमा संक्रमितको उपचार भइरहेको छ ।

सशस्त्र प्रहरी बल अस्पताल, बलम्बुमा कोरानाका बिरामीले भरिएका छन् । अस्पतालका कोभिड–१९ फोकल पर्सन डा प्रविन नेपालले १०० शøयामध्ये सबै भरिएको बताएका छन् ।

त्रिवि शिक्षण अस्पतालमा ५५ जना सङ्क्रमित उपचार भइरहेको बताइएको छ । तीमध्ये १२ जना आइसियु, ५ जना भन्टिलेटरमा र ३८ जना हाइ डिपेन्टिेन्ड युनिट (एचडियु)मा उपचार भइरहेको छ । अस्पतालमा ६० आइसियू र ५० एचडियू रहेका छन् ।

नेपालमा कुल संक्रमितमध्ये १.१ प्रतिशतमा मृत्युदर र प्रति १० लाखमा १०७.८ जनाको मृत्यु हुने गरेको पाइएको छ । ५०० भन्दाबढी संक्रमित भएका जिल्लामा काठमाडौं, ललितपुर, बाँके र रुपन्देही रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)