बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रौतहटमा कोरोना संक्रमणबाट एक वृद्धको मृत्यु


  • माउन्टेन खबर
  • मङ्लबार, बैशाख १४, २०७८
  • 255
    SHARES

१४ बैशाख, रौतहट। कोरोना महामारीको दोस्रो लहरमा रौतहटमा पहिलो पटक संक्रमित एकजना वृद्धको मृत्यु भएको छ । सदरमुकाम गौर नगरपालिका–२ महादेवपट्टीका ७० वर्षीय एकजना वृद्धको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

तीन दिन अघि संक्रमण पुष्टि भएर घरमै रहेका तथा दमको रोगबाट समेत अवस्था गम्भीर हुँदा उपचारको लागि जिल्ला अस्पताल लैजाने क्रममा गएराति उनको मृत्यु भएको रौतहटका प्रजिअ ईन्द्रदेव यादवले बताउनुभयो।

यसअघि जिल्ला अस्पताल गौरमा भएको एकसय ६३ वटा पीसीआर जाँचमा ९२ जना कोरोना पोजेटिभ पुष्टि भएको छ । संक्रमित मध्ये ७१ पुरुष र २१ महिला रहेकी छन् । एकजना पुरुषको दोस्रो पटकको जाँचमा निगेटिभ आएको प्रजिअ यादवले जानकारी गराउनुभएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)