बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सुर्खेतमा संक्रमणबाट ७६ बर्षीय बृद्धको मृत्यु


  • माउन्टेन खबर
  • मङ्लबार, बैशाख १४, २०७८
  • 511
    SHARES

१४ बैशाख, सुर्खेत । सुर्खेतमा कोरोनाभाइरस (कोभिड–१९)को संक्रमणबाट ७६ वर्षीय एक पुरुषको मृत्यु भएको छ । आज बिहान उपचारका क्रममा ती पुरुषको मृत्यु भएको हो ।

दीर्घरोगबाट ग्रसित ती पुरुष आइतबार राति प्रदेश अस्पताल कालागाउँमा भर्ना भएका थिए ।
सोमबार कोरोना परीक्षण गर्दा उनमा कोरोना संक्रमण भएको पुष्टि भएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ।

निर्देशनालयका सूचना अधिकारी नोद नारायण चौधरीले भने,‘ स्वास्थ्यमा सुधार नआएपछि आज बिहान ५ः२० बजेतिर मृत्यु भएको हो ।’

ती पुरुष जुम्ला तिला गाउँपालिका–२ घर भइ हाल सुर्खेतस्थित वीरेन्द्रनगरमा बस्दै आएका थिए ।
यो सँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)