बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोना संक्रमणबाट एकजनाको मृत्यु भएपछी गाउँ नै सिल


  • माउन्टेन खबर
  • मङ्लबार, बैशाख १४, २०७८
  • 472
    SHARES

१४ बैशाख, डोटी । जिल्लाको शिखर नगरपालिका–१ अन्तरगतको तेछाडा गाउँ सिल गरिएको छ ।

केही दिन पहिले छिमेकी मुलुक भारतबाट कामगरी गाउँ फर्किएकी २८ वर्षीया जानकी नागरिकको मृत्यु भएपछि कोरोनाका कारण मृत्यु भएको हुनसक्ने भन्दै उक्त गाउँ सिलगरिएको हो ।

वडाअध्यक्ष खडकबहादुर शाहीद्वारा हस्ताक्षरीत विज्ञप्ति प्रकाशित गरी सो गाउँको पूर्वतीरको गणेश नेगीको पसल, पश्चिम ढल्कना, उत्तरतीर चौपाता पिपल तथा दक्षिणतीर धौल्याल खोलासम्म सिल गरिएको जनाइएको छ ।

यसैगरी उक्त गाउँबाट अर्को गाउँ जान तथा अर्को गाउँबाट उक्त गाउँमा आवत जावत गर्नमा यहि २० गतेसम्म बन्देज गरिएको छ ।

जिल्लामा पछिल्लो समय भारतबाट काम गरी घर फर्किएका नागरिक आउजे क्रम बढ्नुका साथै उनीहरु क्वारेन्टिन नबसि सिधै गाउँ जानथालेका कारण गाउँमा कोरोना सङ्क्रमण बढ्ने भन्दै स्थानीयबासीमा त्रास फैलिएको छ ।

जिल्लामा कम्तिमा पनि एक हजारभन्दा बढी नागरिक भारतबाट रोजगारी गरी घर फर्किएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)