बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

वीरगञ्जमा मात्रै भेटिए १ सय २४ संक्रमित


  • माउन्टेन खबर
  • बुधबार, बैशाख १५, २०७८
  • 570
    SHARES

१५ बैशाख, पर्सा । वीरगञ्जमा गरिएको परीक्षणका क्रममा १ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार २ सय १० जनाको पीसीआर परीक्षण गर्दा १ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ ।

कोरोनाको दोस्रो लहर शुरु भएपछि वीरगञ्जमा एकै दिन नयाँ संक्रमित फेला परेको यो नै सबैभन्दा बढी हो ।

नयाँ संक्रमितमध्ये ९६ जना पर्साका, २५ जना बाराका छन् भने महोत्तरी, सर्लाही र चितवनका १÷१ जना संक्रमित छन् । तीमध्ये ३४ जना महिला छन् ।

१६ देखि ७० वर्ष उमेर समूहका संक्रमितको सिटी भ्यालु १६ देखि ३४ रहेको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले बताउनुभयो। ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)