बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

निषेधाज्ञामा नर्भिकको निःशुल्क एम्बूलेन्स सेवा


  • माउन्टेन खबर
  • बुधबार, बैशाख १५, २०७८
  • 574
    SHARES

काठमाडौं ,१५ बैशाख

थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले निषेधाज्ञाको अवधिमा गम्भीर अवस्थाका बिरामीहरुका लागि निःशुल्क एम्बूलेन्स सेवा संचालन गर्ने भएको छ ।

अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहका अनुसार निषेधाज्ञामा सार्वजनिक तथा निजी यातायात ठप्प भएको अवस्थामा स्वास्थ्य जटिलताका कारण सर्वसाधारणलाई समस्या नपरोस् भन्ने उद्देश्यले अस्पतालले गम्भीर अवस्थाका बिरामीका लागि निःशुल्क एम्बूलेन्स सेवा संचालनको घोषणा गरिएको हो ।

स्वास्थ्यमा गम्भीर समस्या भई इमेरजेन्सी अस्पताल भर्ना हुनुपर्ने बिरामीहरुलाई लिन अस्पतालले घरैसम्म निःशुल्क एम्बूलेन्स पठाइदिनेछ । त्यस्ता बिरामीहरु ठीक भएपछि घरसम्मै लैजाने व्यवस्था समेत मिलाइनेछ ।

यस्तो सुविधा लिनका लागि गम्भीर अवस्थाका बिरामी वा आफन्त तथा नजिकका व्यक्तिले अस्पताललाई फोन गरेर जानकारी गराउनुपर्नेछ । सो जानकारी पाएलगत्तै अस्पतालले निःशुल्क एम्बूलेन्स सेवाको माध्यमबाट समस्यामा परेका बिरामीहरुको तत्काल उद्धार गर्नेछ।

यो सुविधा काठमाण्डौका बिरामीका लागि मात्रै उपलब्ध हुने कार्यकारी निर्देशक सिंहले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)