बिहिबार, साउन २१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकसतिहको टोलीले भेरी अस्पतालमा सेवा दिने


  • माउन्टेन खबर
  • आइतवार, बैशाख १९, २०७८
  • 564
    SHARES

खलङ्गा, १९ वैशाख 

नेपालगञ्जस्थित भेरी अस्पतालको कोभिड वार्डमा जनशक्तिको चरम अभाव भएपछि जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालबाट चिकित्सकसतिहको टोली सहयोगका लागि आज नेपालगञ्ज जाने भएको छ ।

प्रतिष्ठानका एनेस्थेसिया तथा सघन उपचार विभाग प्रमुख डा प्रवीण गिरी नेतृत्वको चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली नेपालगञ्ज जाने लागेको प्रतिष्ठानका रजिस्ट्रार विश्वराज काफ्लेले बताउनुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आग्रहपछि प्रतिष्ठानका छ चिकित्सक र स्वास्थ्यकर्मीको टीम भेरी अस्पतालमा खटाइन लागिएको हो । “सघन उपचारका लागि चिकित्सकको अभाव रहेको जानकारी भेरी अस्पतालका मेसु डा प्रकाश थापाले गराउनुभएको थियो”, प्रतिष्ठानका निमित्त निर्देशक डा राजिव शाहले भन्नुभयो, “त्यहीअनुसार सघन उपचार विभागकै इन्चार्ज गिरीको नेतृत्वमा टोली पठाउने निर्णय गरिएको हो ।”

प्रमुख गिरीसहित डा अरुण श्रेष्ठ, डा हरि न्यौपाने, नर्सहरु सुष्मिता खड्का, तेन्जिङ लामा र प्यारामेडिक्स नरेन्द्र शर्मा भेरी अस्पतालमा जान लाग्नुभएको हो । “मौसमले साथ दिए र उडान भए आजै नेपालगञ्ज जाने तयारी गरिएको छ । “करिब १० देखि १४ दिनसम्म भेरीमा बसेर हामीले बिरामीको उपचार र व्यवस्थापनमा सहयोग गर्नेछौँ”, डा गिरीले भन्नुभयो ।

नेपाल सरकारले कोरोनाको उपचार र व्यवस्थापनका लागि अस्पतालमा टोली बनाएको छ । उक्त टोलीले जहाँ अप्ठ्यारो पर्छ त्यहाँ पुगेर सहयोग गर्नेर्छ । यो टोली निश्चित समयका लागि परिचालन हुने गरेको छ ।

भेरी अस्पतालमा जनशक्तिको अभाव हुँदा उपचार व्यवस्थापनमा गाह्रो परेको भन्दै आफ्नो नेतृत्वको टीमले त्यसमा सहयोग र सहजीकरण गर्ने डा गिरीले बताउनुभयो ।

भेरी अस्पतालमा कोरोना उपचार गर्न सकस भएको खबर बाहिर आउने गरेका छन् । अहिलेसम्म सो अस्पतालका ७३ जनाभन्दा बढी स्वास्थ्यकर्मी सङ्क्रमित छन् । जनशक्ति अभावमा केही स्वास्थ्यकर्मी सङ्क्रमित भएर पनि उपचारमा खटिएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)