बिहिबार, साउन २१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

घरमा जगेडा राखिएको अक्सिजन सिलिण्डर फिर्ता गर्न औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको अपिल


  • माउन्टेन खबर
  • सोमवार, बैशाख २०, २०७८
  • 1.1K
    SHARES

काठमाडौं, २० बैशाख

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले कोरोनाको डरले घरमा जगेडा राखिएको अक्सिजन सिलिण्डर फिर्ता गर्न अपिल गर्नुभएको छ ।

कोरोना संक्रमण भइहाले अक्सिजनले बचाउने भन्दै सर्वसाधारणहरुले आफुसँग भएको अक्सिजन सिलिण्डर फिर्ता नगरेपछि अहिले अभाव देखिएको छ ।

अक्सिजनको सिलिण्डर व्यक्तिको घरमा, जलविद्युत आयोजनामा ठुला गाडीको वर्कसपमा र सुनका गरगहना बनाउने कारखानामा सिलिण्डर जगेडा रहेको अध्यक्ष बस्नेतले बताउनुभयो । उहाँले भन्नुभयो – ‘सिलिण्डर घरमा राख्ने सबैले कम्पनीमा फिर्ता गरिदिनुस् । यसले मान्छेको ज्यान बचाउँछ । यो ठुलो दान गरे सरह हो । यस्तो बेला सिलिण्डर घरमा राख्नु भनेको अपराध हो । सिलिण्डरको अभावले कोही मान्छे छट्पटाएर मर्ने अवस्था आयो भने पाप गरे सरह हुन्छ ।’

यस्तै अध्यक्ष बस्नेतले ठुला ठुला जलविद्युत आयोजनामा पनि अक्सिजन सिलिण्डरको ठुलो भण्डारण रहेकोले फिर्ता ल्याउनुपर्ने बताउनुभयो ।

ठुला आयोजनामा फलाम काट्न, जोड्न अक्सिजनको आवश्यकता पर्छ । उहाँले भन्नुभयो – ‘अधिकांश जलविद्युत आयोजनामा अक्सिजनका सयौँ सिलिण्डर होल्ड भएर बसेको छ । ति सबै सिलिण्डर फिर्ता गर्नुपर्छ । मान्छेको जीवन बचाउनु अहिलेको पहिलो काम हो ।’
अहिले अक्सिजन उत्पादन गर्ने उद्योगहरुले आफ्नो उत्पादन अस्पताललाई मात्र दिनुपर्ने अध्यक्ष बस्नेतले बताउनुभयो । अक्सिजन उत्पादन उद्योगहरुलाई सरकारले गर्नुपर्ने सबै सहयोग गरिने पनि अध्यक्ष बस्नेतले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)