मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

जर्मनीको घरेलु फुटबल लिग बुन्डेशलिगा अर्को साताबाट, खेल बन्द रंगशालामा हुने


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख २५, २०७७
  • 1.1K
    SHARES

जर्मनीको घरेलु फुटबल लिग बुन्डेशलिगा अर्को साताबाट खेलाइने भएको छ । कोरोना भाइरस कोभिड-१९ को महामारीका कारण स्थगित भएको लिग प्रतियोगिता स्वास्थ्य सावधानी अपनाएर यहि मे १५ तारिखबाट शुरु गरिन लागेको हो । त्यहाँकी चान्सलर एञ्जेला मर्केलले देशका सबै १६ वटै प्रान्त सरकारका गभर्नरहरुसंगको छलफल पछि देशमा जारी लकडाउनलाई खुकुलो बनाउने र लिग पनि शुरु गर्ने बताउनुभएको हो । तर हाललाई शिर्ष दुई वटा डिभिजनको खेल मात्रै हुने र खेलहरु बन्द रंगशालामा दर्शकहरुको उपस्थिति विनै खेलाउनु पर्ने पुर्व शर्त राखिएको छ ।

यसका साथै आयोजक र क्लवहरुलाईखेलाडीको पूर्ण स्वास्थ्य परीक्षण, खेल स्थल र सामग्रीहरुबाट संक्रमण नफैलियोस् भन्ने बारेमा पूर्ण सचेतता अपनाउन भनिएको छ । जर्मनीका शिर्ष दुईमा रहेका ३६ वटा क्लवहरुमा आवद्ध रहेकाहरु मध्ये १० जनामा कोरोना पोजेटिभ भेटिएको छ । गत मार्च १३ तारिखबाट अवरुद्ध भएको खेल अब अर्को महिनाको अन्त्य सम्ममा सक्ने लक्ष्य लिइएको छ ।।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)