बिहिबार, साउन २१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

शिक्षण अस्पताल महाराजगञ्जमामा कोरोना संक्रमितका लागी १४० शैयाको उपचार कक्ष सञ्चालनमा


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख २३, २०७८
  • 851
    SHARES

काठमाडौँ ,२३ बैशाख

शिक्षण अस्पताल महाराजगञ्जको नयाँ भवनमा हाल कोरोना सङ्क्रमणका बिरामीलाई मात्र उपचार गर्ने गरी १४० शैयाको उपचार कक्ष सञ्चालनमा आएको छ । क्यान्सर उपचारका लागि निर्माण गरिएको सुरेश वाग्ले क्यान्सर सेन्टरलाई अहिलेका लागि कोभिड–१९ उपचार कक्ष बनाउन लागिएको हो । अहिले ४० शैया सञ्चालनमा आइसकेको छ ।

अस्पताल तयारीका सम्बन्धमा जानकारी लिन मङ्गलबार साँझ काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ र वडा नं ३ का अध्यक्ष दीपक केसी अस्पताल पुग्नुभएको थियो । त्यस क्रममा अस्पतालका कार्यकारी निर्देशक प्रा डा दिनेश काफ्लेले जनशक्ति परिचालन र स्रोत व्यवस्थापनका कोणबाट महामारी व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएकाले  त्यस किसिमको व्यवस्था गरिएको बताउनुभयो ।

महानगर  प्रमुख शाक्यले कामपाले संस्थागत साझेदारीबाट कोभिड रोकथाम र नियन्त्रणका लागि दिगो र परिणाममुखी काम गर्ने योजनामा रहेको बताउनुभयो । “जटिल अवस्थामा पुगेका कोभिडका बिरामीको उपचारका लागि अस्पतालबाट प्राप्त प्रस्तावका बारेमा छिट्टै निर्णय दिनेछौँ”, उहाँले भन्नुभयो ।

अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीका अनुसार अस्पतालले अहिले २५० शय्या कोभिडका विरामीका लागि छुट्याएको छ । यीमध्ये २१८ बिरामीले उपचार गराइरहेका छन् । अस्पतालमा उपचार गराउन आएका कोभिडका बिरामीमध्ये यसपटक दुईको मृत्यु भएको छ  ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)