बिहिबार, साउन २१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रधानमन्त्री ओलीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ


  • माउन्टेन खबर
  • शनिबार, बैशाख २५, २०७८
  • 761
    SHARES

काठमाडौं,२५ बैशाख

प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । शुक्रबार संकलन गरिएको स्वाब परीक्षणमा प्रधानमन्त्रीको रिपोर्ट नेगेटिभ आएको हो ।

परीक्षणका क्रममा प्रधानमन्त्री ओलीलाई  सङ्क्रमण नदेखिएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्ण पौडेलले जानकारी दिनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्रप्रसाद भण्डारीलाई पुनः कोभिड–१९ सङ्क्रमण देखिएको छ ।

यसअघि पनि थापा र भण्डारीलाई सङ्क्रमण देखिएको थियो । शुक्रबार प्रधानमन्त्रीसहित उहाँका स्वकीय र निजी सचिवालय तथा सुरक्षा निकाय र चालक दलका सयभन्दा बढीको पिसिआर परीक्षण गरिएको थियो ।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)