२६ बैशाख, कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले दिनुभएको राजीनामा स्वीकृत भएको छ । प्रदेश प्रमुख सीता कुमारी पौडेलले संविधानको धारा १६९ को उपधारा १ (क) बमोजिम गुरुङले दिएको राजीनामा स्वीकृत गर्नुभएको हो।
अर्को सरकार गठन नहुँदासम्म संविधानको धारा १६९ को उपधारा ३ बमोजिम मौजुदा मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्ने जिम्मेवारी गुरुङ नेतृत्वको सरकारलाई दिइएको छ।
त्यस्तै प्रदेश प्रमुखको कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिमा ३ दिनभित्र नयाँ सरकार गठन गर्न आह्वान पनि गर्नुभएको छ।

