बिहिबार, अशोज १, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोनाबाट अभिभावक गुमाएका बालबालिकालाई दिल्ली सरकारले पढाउने


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख ३१, २०७८
  • 1.0K
    SHARES

३१ बैशाख, काठमाडौं । नयाँदिल्लीको सरकारले कोरोनाभाइरसको संक्रमणबाट अभिभावक गुमाएका बालबालिकालाई नि:शुल्क पढाउने भएको छ।

शुक्रबार मुख्यमन्त्री अरविन्द केजरीवालले कोरोनाको संक्रमणबाट अभिभावक गुमाएका बालबालिकालाई नि:शुल्क शिक्षा दिने बताएका हुन्।

घरमा एकमात्र कमाउने व्यक्तिको मृत्यु भए परिवारलाई आर्थिक सहयोग गर्ने मुख्यमन्त्री केजरीवालले घोषणा गरेका छन्। विषेशगरी वृद्धवृद्धालाई आर्थिक सहयोग गर्ने केजरीवालको भनाइ छ।

मुख्यमन्त्री केजरीवालले डिजिटल पत्रकार सम्मेलनमार्फत् कोरोनाभाइरसका दैनिक संक्रमित १० हजार भन्दा कम हुन थालेको बताएका छन्। अहिले साढे ८ हजारका दरले संक्रमित थपिने गरेको उनले बताए।

उनका अनुसार पछिल्ला १० दिनमा दिल्लीका झन्डै तीन हजार कोभिड-१९ बेड खाली भएका छन्। तर आइसियू बेडहरू भने अझै पनि भरिएका छन्।

उनले गम्भीर रहेका कोरोना संक्रमितको उपचारका लागि झन्डै १२ सय आइसियू बेड तयारी अवस्थामा रहेको बताए।

‘पछिल्ला केही दिनमा अथक प्रयासका बाबजुद् पनि हामीले दिल्लीका धेरै मानिसलाई बचाउन सकेनौं। धेरैजसो परिवारमा एकभन्दा धेरैको मृत्यु भएको छ। मलाई थाहा छ, कयौं बच्चाहरूले आफ्ना दुबै अभिभावक गुमाएका छन्। म छु यहाँ, दिल्ली सरकारले शिक्षा र बसोबासको सबै खर्च व्यहोर्छ,’ उनले भने,’त्यहाँ कयौं वृद्धवृद्धाहरू पनि छन् जसले कमाइरहेका आफ्ना बच्चा गुमाए। चिन्ता नगर्नुस्, तपाईंको छोरा अझै जिवित छ। दिल्ली सरकारले सबै ती परिवारलाई आर्थिक सहयोग गर्नेछ जसका कमाउने एकमात्र सदस्य बिते।’

उनले लकडाउनलाई अझै पनि लम्ब्याउने संकेत गरे। अहिले जारी लकडाउन आउँदो सोमबार बिहान ५ बजे सकिँदैछ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)