शनिबार, बैशाख २२, २०८१

कर्णाली प्रदेशसभाको बैठकमा पुनर्बहाली भएका चार सांसद अनुपस्थित, बजेट कार्यक्रम प्रभावित


  • माउन्टेन खबर
  • मङ्लबार, असार १, २०७८
  • 445
    SHARES

१ असार, काठमाडौं । नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकमा पुनर्बहाली भएका चार सांसद अनुपस्थित हुने भएका छन् । प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा अनुपस्थित हुने भएका हुन् ।

सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा निर्णयार्थ पेश हुनुअघि आज बिहान ८ बजेका लागि बैठकमा उपस्थित हुन पत्राचार गरिएको थियो ।

बैठकका लागि आमन्त्रण पत्रको अस्वीकार गर्दै उनीहरु बैठकमा उपस्थित नहुने भएका हुन्।

पार्टीको ह्वीप विपरित फ्लोर क्रसगरि मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको सरकार जोगाएका चार जना सांसदलाई एमाले संसदीय दलले सांसद पद नरहने गरि कारबाही गरेको थियो । तर, सर्वोच्च अदालतले उनीहरुलाई पुनर्बहाली गरिदिएपछि संसदीय दलको आजको वैठकमा सहभागी हुन एमालेले आमन्त्रण गरेपनि चारै जना सांसद बैठकमा अनुपस्थित हुने भएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले जानकारी दिनुभयो।

बिहान ८ बजे बाेलाइएकाे बैठक चार सांसद अनुपस्तिथ हुने भएपछि १ बजेसम्मका लागि स्थगित गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }