शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

‘तीज पर्वले सामाजिक, सांस्कृतिक एकता सुमधुर बनाउन सकोस्’


  • माउन्टेन खबर
  • बिहिबार, भदौ २४, २०७८
  • 569
    SHARES

काठमाडौं , २४ भदौ

सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले तीज पर्वले सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्ध सुमधुर बनाउँन सघाउ पुर्याउन सकोस् भनी शुभकामना व्यक्त गर्नु भएको छ । हरितालिका तीज २०७८ का अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले नेपाली महिला दिदीबहीनीमा सुख, शान्ति समृद्धि, सु–स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको हो ।

“नेपाली समाजमा रहेका सबै खाले विभेद एवं हिंसाको अन्त्य र समतामुलक समाज निर्माणका लागि परिवर्तनकारी आन्दोलनमा महिलाहरुले खेलेको भूमिकाको उच्च प्रशंसा छ”, सन्देशमा उहाँले भन्नुभएको छ, “अधिकारको सही अभ्यासका साथ थप अधिकारका लागि एकजुट भई लाग्न यस पर्वले प्रेरणा प्रदान गरोस् ।” उहाँले कोभिड–१९ बाट उत्पन्न परिस्थितिमा स्वास्थ्यसम्बन्धी मापदण्ड अपनाएर खुसीयालीका साथ पर्व मनाउन सम्पूर्ण दिदीबहीनीमा अपिल गर्नुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)