बुधबार, साउन १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

जर्मन बुन्डेशलिगामा वायर्न म्यूनिखलाई १० अंकको अग्रता


  • माउन्टेन खबर
  • आइतवार, जेष्ठ १८, २०७७
  • 599
    SHARES

काठमाडौं। जर्मन बुन्डेशलिगा फुटबलको जारी प्रतियोगितामा अर्को जीत दर्ता गर्दै वायर्न म्यूनिखले अंक तालिकामा १० अंकको अग्रता बनाएको छ ।

फोर्चुना डोसलडोर्फ क्लवलाई ५-० गोलको विशाल अन्तरले हराउदै वायर्नले जारी सिजनमा अर्को जीत दर्ता गराएको हो । फोर्चुना विरुद्धको खेलमा वायर्नका रोवर्ट लेवानडोस्कीले दुई गोल गेका थिए ।

यो जित सँगै २९ खेल खेलेको वायर्नको ६७ अंक भएको छ । २८ खेल खेल्दैदोस्रो स्थानमा रहेको डोर्टमण्डको ५७ अंक छ । तेस्रो स्थानमा रहेको लिभरकुसिनको ५६ अंक छ ।

१० अंकको दुरी बनाएसंगै वायर्नले यो सिजनको लिग उपाधि जित्ने पक्का जिस्तै भएको छ । लिग अन्तरगत शनिवारनै भएका अन्य खेलमा होफनहम, वेरडर व्रिमेन, हर्थ बर्लिन र फ्रयाङ्कफर्ट क्लव विजयी भए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)