शुक्रबार, बैशाख २८, २०८१

केवल टेलिभिजन व्यवसायीको मागलाई सम्बोधन गर्ने उर्जामन्त्रीको प्रतिवद्धता


  • माउन्टेन खबर
  • बुधबार, अशोज १३, २०७८
  • 190
    SHARES

१३ असोज, काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले केवल टेलिभिजन व्यवसायीहरुको मागलाई सम्बोधन गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।

बुधबार केवल टेलिभिजन व्यवसायी महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै मन्त्री भुसालले केवल टेलिभिजन व्यवसायीहरुको मागलाई सम्बोधन गर्ने बताउनु भएको हो । उहाँले सरकारले सञ्चारलाई गाउँ–गाउँमा पुर्याउनु पर्ने काम निजी क्षेत्रले गरिरहेको बताउनुभयो । मन्त्री भुसालले विज्ञान प्रविधिको विकासले अहिले सबैसँग हातको मोबाइल चिप्समा संसार भएको भन्दै ती सबैलाई नियमन, अनुगमन र नियन्त्रण कसरी गर्ने भन्ने कुरा सरकारले हेर्नुपर्ने बताउनुभयो । उहाँले निजी क्षेत्रले व्यवसाय र पेशामै प्रभाव पारेको भन्दै मन्त्री भुसालले पेशागत जीवनमा परेका समस्या र चुनौतिहरुलाई सरकारले सकारात्मक ढंगले ग्रहण गर्ने र संवाद द्वारा केवल टेलिभिजन व्यवसायीहरुको मागको हल निकाल्ने बताउनुभयो ।

मन्त्री भुुसालले भन्नुभयो, ‘हामीले प्राप्त गरेको राजनीतिक अधिकारमा पाएको महत्वपूर्ण अधिकार सूचनाको हक हो, यो अधिकार ल्याउन सञ्चारमाध्यम र सञ्चारकर्मीहरुको ठूलो हात छ, हामीले अहिलेको परिवर्तन, राजनीतिककर्मी, आम जनता र सञ्चारकर्मीहरुको कुल योगले पाएका हौँ, हामीले अहिले धेरै अधिकारलाई संस्थागत गर्न सकेका छौँ, हाम्रो देशमा साढे सातसय भन्दा बढी त एफएमहरु छन्, न्यूज नै आफूले मात्रै बनाएर ब्रोडकास्ट गर्न पाउने अधिकार नेपालमा मात्रै हो, अरु देशमा सरकारले बनाएका समाचार छाप्ने हो, हामीले मोबाइल, चिप्स जस्ता सामग्रीबाट हातहातमा पाएको समाचारको र सूचनाको हकलाई न्यूनिकरण गर्नुहुँदैन, केवल टेलिभिजन व्यवसायी साथीहरुले गाउँ–गाउँ, ठाउँ–ठाउँमा पुगेर राज्यले दिनुपर्ने सेवालाई निजी क्षेत्रलेप नि दिएको छ, म त्यसलाई सम्मान गर्दछु, राज्यका आज आफ्नो टेलिफोन, टेलिभिजन हुँदाहुँदै निजी प्रदायकहरु पनि हुनुहुन्छ, सँगै विज्ञानको प्रविधिले सबैका एउटा हातमा मोबाइल, चिप्सहरुमा संसार छ, त्यसको नियमन, अनुगम, नियन्त्रण कसरी गर्ने ?आदिबारे पनि चुनौतिहरु छन्, जसको अलि बढी सामना राज्यका हकमा पनि हुन्छ यो, यसलाई नियमन र नियन्त्रण गर्ने कुरा तर निजी क्षेत्रले व्यवसाय र पेशामै प्रभाव पार्ने भएकोले म यहाँहरुलाई के प्रतिवद्धता जनायन चाहन्छु भने यहाँहरुका पेशागत जीवनमा परेका समस्या र चुनौतिहरुलाई राज्यले सकारात्मक ढंगले ग्रहण गर्नेछ, मैले पनि नेपाल सरकारको मन्त्रीको हैसियतले सकारात्मक रुपले ग्रहण गर्नेछु र संवादद्वारा समाधान गर्ने कुराको पनि विश्वास दिलाउँछु ।’

मन्त्री भुसालले सबैको अभिभावक भएकोले सरकारले निजी र सामुदायिक क्षेत्रका र जनताका समस्याको समाधान गर्ने बताउनुभयो । उहाँले आजको विद्युत प्राधिकरणको बैठकमा पोल भाडा वृद्धिको विषयमा छलफल गर्ने बताउनुभयो

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }