मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

जर्मन बुन्डेशलिगाअन्तर्गतको खेलमा बायर्नलाई सात अंकको अग्रता


  • माउन्टेन खबर
  • आइतवार, जेष्ठ ३२, २०७७
  • 635
    SHARES

जर्मन फुटबल लिग बुन्डेशलिगाको जारी प्रतियोगितामा बायर्न म्युनिखले बोरसिया मोन्चेनग्लाडबाखलाई दुईका विरुद्ध एक गोलले पराजित गरेको छ।

२६ औँ मिनेटमा जोसुवा जिर्कीले पहिलो गोल गर्दैबायर्नलाई अग्रता दिलाएपनि मोन्चेनग्लाडबाखका बेन्जमिन पाभर्डले ३७ ‌औँ मिनेटमा गोल फर्काएपछि खेल बराबरीमा पुगेको थियो।

तर ८६ औ मिनेटमालियोन गोरेज्काले गोल प्रहार गरेपछि बायर्न विजयी बन्न पुग्यो।

जितसँगै बायर्न सात अंकको अग्रताका साथ बुन्डेशलिगाको शीर्ष स्थानमा कायमै छ।अब तीन खेल खेल्न बाँकी रहेको बायर्नले एक खेलमा मात्रै जित हासिल गरेमा पनि बुन्डेशलिगाको लगातार आठौँ लिग विजेता बन्नेछ।

हिजै भएका अन्य खेलहरूमा दोस्रो स्थानमा रहेको बोरसिया डोर्टमन्डले फोर्चुना डसेलडोर्फलाई एकका विरुद्ध शून्य गोलले पराजित गरेको थियो।

त्यस्तै अर्को खेलमा वेर्डर ब्रेमनद्वारा ५-० गोलले पराजित भएपछि पाडरबोर्न रेलिगेशनमा पर्ने सम्भावना देखिएको छ।।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)