बुधबार, साउन १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोभिड–१९ को जानकारीसहित वेबसाइट र मोबाइल एप्स सार्वजनिक


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र १८, २०७६
  • 681
    SHARES

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को नियन्त्रण तथा रोकथामको काम व्यवस्थित गर्न वेबसाइट र मोबाइल एप्स शुरु गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले वेबसाइट ‘कोभिड डट एमओएचपी डट जिओभी डट एनपी’ र हाम्रो स्वास्थ्य मोबाइल एप्स को शुभारम्भ गरे ।

मन्त्रालयले एप्ससँगै कोभिड–१९ को सूचना प्राप्त गर्न सहज होस् भनेर सबैको पहुँचका लागि भाइबर कम्यूनिटी पनि प्रयोगमा ल्याएको छ ।

मन्त्री ढकालले कोभिड–१९ विरुद्ध लड्न उपलब्ध स्वास्थ्य सेवाको अवस्था र विवरणका साथै कोरोनाबारे एकीकृत रूपमा सही जानकारी तथा सूचना उपलब्ध गराउन यस्तो व्यवस्था मिलाइएको जानकारी दिए।

स्वास्थ्य मन्त्रालयले नयाँ वेबसाइट, मोबाइल एप्स र भाइबर क्म्यूनिटीको उपयोग गरेर लाभ लिन सबैमा अनुरोधसमेत गरेको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को तत्काल जानकारीसहित सम्पूर्ण सूचना आमनागरिक माझ सहजरुपले पुर्याउने उद्देश्यले मन्त्रालयले प्रोगेसिभ इन्जिनियरिङ एशोसियसन नेपाल, नक्सा, सोच नेपाल, कोड फर कोर इनोभेसन, आइटी म्याप्ससँग समन्वय गरेर वेभ एप्लिकेशन तयार पारेको हो ।

वेबसाइटमा हब अस्पताल, कोभिड–१९ लक्षित अस्पताल र क्वारेन्टाइनको अवस्थिति र अवस्थासहितको जानकारी पाइने छ । त्यस्तै ‘आइसोलेसन बेड’ को जानकारीसमेत सबैले जुनसुकै स्थानबाट हेर्न सक्नेछन ।-

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)