धरान , १२ चैत। आन्तरिक तथा सीमा÷क्रसबर्डर क्षेत्रको पर्यटन प्रर्वद्धनका लागि नेपाल पर्यटन बोर्डको प्रवद्र्धन तथा धरान उपमहानगरपालिकाको आयोजनामा शुक्रवार देखि धरानमा तीन दिने इस्ट टुरिजम मार्ट (East Tourism Mart, ETM) शुरु भएको छ ।
मार्टको उद्घाटन गर्दै प्रदेश नम्बर एकका मुख्यमन्त्रि राजेन्द्र कुमार राईले पर्यटन आर्थिक विकासको आधार भएकाले यसको प्रवद्र्धन आवश्यक रहेको बताउनु भयो । उहाँले प्रदेश नम्बर एकमा पर्यटनको प्रचुर सम्भावना रहेको उल्लेख गर्दै यस्ता मार्टले आन्तरिक तथा सीमा (क्रसबोर्डर) पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताउनु भयो । मुख्यमन्त्री राइले प्रदेश सरकारले पर्यटन पूर्वाधार विकासका विभिन्न दातृसंस्थाहरुसँगको सहकार्यमा काम गरिरहेको समेत जानकारी दिनुभयो ।
यस्तै प्रदेश नम्बर एकका सभामुख प्रदीप कुमार भण्डारीले प्रदेश एकमा पर्यटनको अथाह सम्भावना रहेकोले यसको माध्यमबाट आर्थिक विकास र रोजगारी सिर्जना गर्न सकिने बताउनु भयो ।

प्रदेश नम्बर एकका पर्यटन तथा संस्कृती मन्त्री खिनु लङङ्गवा लिम्बुले पूर्वको पर्यटनलाई सरकार निजी क्षेत्र तथा अन्य सरोकारवाला मिलेर प्रवद्र्धन गर्न आवश्यक रहेको बताउनु भयो ।
यस्तै धरान नगरपालिकाका प्रमुख तिलक राईले धरानलाई पूर्वको पर्यटनको गेटवेका रुपमा विकास गर्न सकिने बताउनु भयो । धरान उपमहानगरपालिकाका उपप्रमुख मञ्जु भण्डारीले धरान उपमहानगरको सहयोगमा सन् २०१८ देखि नै मार्ट आयोजना हुदैँ आइरहेको उल्लेख गर्दै ईष्ट टुरिजम मार्ट २०२२ यसको तेस्रो संस्करण भएको जानकारी दिनुभयो ।
नेपाल पर्यटन बोर्डका सदस्य कृष्ण शाहले सिमित स्रोत र साधनका बीच पर्यटन बोर्डले आन्तरिक पर्यटन प्रवद्र्धनका विभिन्न कार्यक्रम आयोजना गरेको बताउँदै बोर्डले सातै प्रदेशमा यस्ता मार्टहरुको आयोजना गर्न गईरहेको जानकारी दिनु भयो । नेपालगञ्ज उपमहानरपालिकाको आयोजनामा नेपालगञ्जमा फाल्गुन २६, २७ र २८ गते वेस्टर्न टुरिजम मार्ट सम्पन्न भएको र धनगढी उपमहानगरपालिकासँगको सहकार्यमा सुदूरपश्चिम प्रदेशको धनगढीमा यही २०७८ चैत्र २५, २६ र २७ गते ( फारवेष्ट ट्राभल मार्ट २०२२ (Farwest Travel Mart 2022)आयोजना गर्न लागिएको समेत उहाँले जानकारी दिनुभयो ।
पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले कोभिडले थलिएको पर्यटनलाई विस्तारै लयमा फर्काउन आन्तरिक तथा सीमा क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि बोर्डले मार्टको आयोजना गरिरहेको जानकारी दिनुभयो । नेपालका विभिन्न प्रदेशका पर्यटन व्यवसायीहरूको व्यवसायिक गतिविधिहरुको विकास, विस्तार र अन्तर्राष्ट्रिय स्रोत–बजारका टुर अपरेटरहरूसँग व्यवसायिक सम्बन्ध स्थापितगर्न प्रत्येक प्रदेशमा ‘प्रादेशिक ट्राभल मार्ट‘ को आयोजना गर्ने नेपाल पर्यटन बोर्डको चालु आ.व. २०७८÷०७९ को नीति तथा कार्यक्रम अनुरुप यी कार्यक्रमहरु सञ्चालन गरिएको कार्यकारी प्रमुख डा. रेग्मीले जानकारी दिनुभयो ।
प्रदेश नं. १ को समग्र पर्यटन गतिविधि तथा गन्तव्यहरुको राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा प्रचार प्रचार गर्ने उदेश्यका साथ धरानमा यो मार्ट आयोजना हुन गईरहको यसले समग्र पर्यटनलाई चलायमान बनाउन सहयोग पुग्ने इष्ट टुरिजम मार्टका संयोजक भवेषकुमार श्रेष्ठले जानकारी दिनुभयो । धरानमा आयोजित मार्टमा भातरको सिलगुडि तथा विहार लगायतका सीमा क्षेत्रबाट भारतीय टावल व्यवसायीहरुको सहभागिता रहको छ ।
मार्टको दोस्रो दिन शनिवार सिमावर्ती भारतीय शहरका टुर अपरेटरहरुलाई Buyer को रुपमा सहभागी गराई नेपालका टुर अपरेटर, होटेल व्यवसायी तथा पर्यटन सेवाप्रदायकहरु बीच यस क्षेत्रका टुर प्याकेजहरु बिक्रीप्रवद्र्धन गर्ने विषयमा व्यवसायिक अन्तरक्रिया (Business to Business, B2B) हुनेछ । यी मार्टहरुमा टुर अपरेटर, होटेल व्यवसायी तथा पर्यटन सेवा प्रदायक संस्थाहरुले प्याकेजहरुको प्रवद्र्धन गर्ने छन् । यसैबीत मार्टको अवसरमा पूर्व क्षेत्रको पर्यटनमा योगदान पु¥याउने विभिन्न व्यक्तिहरुलाई मुख्यमन्त्री राइले सम्मान गर्नु भएको थियो ।
