बिहिबार, जेष्ठ ३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

६ महिनामा १५ हजार पर्यटकले लाङटाङ राष्ट्रिय निकुञ्जको भ्रमण गरे


  • माउन्टेन खबर
  • बिहिबार, फाल्गुन ८, २०७६
  • 1.2K
    SHARES

रसुवा, ८ फागुन

चालु आर्थिक बर्षको ६ महिनामा करिब १५ हजार पर्यटकले लाङटाङ राष्ट्रिय निकुञ्जको भ्रमण गरेका छन् । चालु आर्थिक बर्षको साउन देखि पुषसम्मको छ महिनामा १४ हजार ९ सय ५६ जना स्वदेशी तथा बिदेशी पर्यटकले लाङटाङ राष्ट्रिय निकुञ्जको भ्रमण गरेको लाङटाङ राष्ट्रिय निकुञ्जले जनाएको छ ।

निकुञ्जका रेन्जर रमेश बस्नेतका अनुसार ६ महिनाको अवधिमा सय जना सार्क राष्ट्रका पर्यटक, ६ हजार २ सय ६ जना बिदेशी पर्यटक र ८ हजार ६ सय ५० जना स्वदेशी पर्यटकले निकुञ्जको भ्रमण गरेका हुन् ।

लाङटाङ राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने सार्क मुलकका पर्यटकलाई १ हजार ५ सय, अन्य बिदेशी पर्यटकलाई ३ हजार र स्वदेशी पर्यटकबाट १ सय रुपैया राजश्व लिने गरिएको जनाइएको छ । लाङटाङ क्षेत्र घुम्न आउने सार्क मुलुक लगायत अन्य देशका पर्यटकहरूमा अस्ट्रेलिया, क्यानडा, इजरायल, फ्रान्स, जर्मन, जापान, अमेरिका, कोरिया, बेलायत लगायतका राष्ट्रका रहेका छन् ।

काठमाडौंबाट छोटो र सजिलो पदमार्ग भएकाले पनि लाङटाङ क्षेत्रमा स्वदेशी र विदेशी पर्यटकको घुइँचो लाग्ने गरेको छ । थोरै दिनमा एकै पटक धेरै कुरा हेर्न सकिने भएकाले लाङटाङ घुम्ने पर्यटकहरू बढेको बताइएको छ ।
त्यस्तै पछिल्लो समय स्वदेशी पर्यटकको आवागमन बढेको छ । काठमाडौंबाट छोटो र सजिलो पदमार्ग मध्ये लाङटाङ र गोसाइँकुण्ड पनि एक हो । त्यसैले पनि स्वदेशी तथा विदेशी पर्यटकहरुको घुइँचो लाग्ने गरेको छ ।

एकै यात्रामा धेरै कुरा हेर्न र घुम्न सक्नेछन् । त्यसैले पनि पर्यटकको रोजाइमा परेको स्थानिय होटल व्यवसायीहरुले बताएका छन् । केही वर्ष पहिलेसम्म मेला पर्वको अवसरका मात्र स्वदेशी पर्यटक जिल्लामा भित्रने गरेपनि अहिलेका युवा पुस्ता अन्य समयमा घुमफिर गर्न मन पराउने भएका कारण पनि बाह्रै महिना स्वदेशी पर्यटक आउन थालेका छन् । न्युनतम दुई जनादेखि १५ जनासम्मको समुहमा नेपाली पर्यटकहरु आउने गरेका छन् ।

पर्यटकका लागि घुम्न रसुवामा तीनवटा पदमार्गहरू रहेको छ । धुन्चे, गोसाइँकुण्ड हुँदै सिन्धुपाल्चोकको हेलम्बु, स्याफ्रुबेंसी हुंँदै लाङटाङ र तामाङ सम्पदा मार्गको स्याफ्रुबेंसीदेखि गोल्जुङ, गत्लाङ, चिलिमे, थुमन, टिमुरे, बृदिम हुँदै स्याफ्रुबेंसीसम्मको पदमार्ग रहेको छ ।

यस्तै नेपालको तेस्रो ठूलो पर्यटकीय गन्तव्य मानिएको लाङ्टाङ क्षेत्रमा पर्यटकको आगमन बढ्दै गएको छ । भूकम्प पछि असमान्य भएको स्थानीयवासीको दैनिकी पनि अहिले पुरानो अवस्थामा फर्किएसँगै पर्यटनको प्रबद्र्धनमा केन्द्रित हुदै गएको छ । भूकम्प अघि बार्षिक १५ हजार पर्यटकले अवलोकन गर्ने लाङटाङ क्षेत्रमा अहिले पर्यटकहरुको आवागमन बढ्न थालेको छ ।

केही वर्ष पहिलेसम्म मेला पर्वको अवसरका मात्र स्वदेशी पर्यटक भित्रने गरेपनि अहिलेका युवा पुस्ता अन्य समयमा घुमफिर गर्न मन पराउने भएका कारण पनि बाह्रै महिना स्वदेशी पर्यटक आउन थालेका छन् । केही वर्ष अघिसम्म नेपाली राख्न नरुचाउने होटल व्यवसायीले अहिले नेपाली आउँदा उत्साहित हुने गरेको पाइएको छ । विदेशी पर्यटकले भन्दा नेपालीले बढि खर्च गर्ने गरेको व्यवसायीहरुले बताएका छन् ।

लाङटाङ राष्ट्रिय निकुञ्जमा आएका पर्यटकमध्ये करिव ९० प्रतिशत पर्यटक लाङटाङ पुग्ने गरेका छन् । स्थानीय तामाङ कला र संस्कृति, निकुञ्ज क्षेत्र भित्रका जैविक विविधता, सिमसार क्षेत्रमा सूचिकृत गोसाईंकुण्ड, तातोपानी, गतलाङ, बृद्धिम होमस्टे, रसुवागढि तथा तामाङ सम्पदा मार्ग लगायतका विभिन्न क्षेत्रहरु पर्यटकका लागि प्रमुख आर्कषणको केन्द्र रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }