बिहिबार, बैशाख १३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

अमेरिकाको न्यूयोर्क र इटलीमा कोभिड-१९ का विरामीको संख्या घट्दै


  • माउन्टेन खबर
  • सोमवार, चैत्र २४, २०७६
  • 547
    SHARES

संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस प्रकोपको केन्द्रविन्दूका रुपमा न्युयोर्क रहेको छ । अन्य राज्यको तुलनामा यस राज्यमा भाइरसको संक्रमण दर र मृत्युदर दुबै बढी छ ।

तर अमेरिकी अधिकारीहरुले पहिलोपटक न्युयोर्कमा कोरोनाको संक्रमण दर र मृत्युदर दुवैमा कमी आएको बताएका छन् । न्युयोर्कमा मात्रै मृत्यु हुनेको संख्या ४ हजार १ सय ५९ रहेको छ । जसमध्ये नयाँ मृत्यु ५ सय ९४ रहेको छ ।

यसअघि एकै दिनमा ६ सय ३० जनाको मृत्यु भएकोमा केही कमी आएको हो । न्युयोर्कमा मात्रै कोरोना संक्रमितको संख्या १ लाख २२ हजार बढी रहेका छन् । संक्रमित मध्ये अस्पताल नै भर्ना गर्नुपर्ने ७५ प्रतिशत विरामी डिसचार्ज भएका छन् ।

आइतबार गरिएको पत्रकार सम्मेलनमा न्युयोर्कका गभर्नर एन्ड्रु क्युमोले भने यति छिटो तथ्यांक घटेको घोषणा गर्न नसकिने बताउनु भयो । संयुक्त राज्य अमेरिका भरी निरन्तर रुपमा भाइरसको संक्रमण फैलिरहेकाले अझै खराब अवस्था आउन बाँकी रहेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

अमेरिकी सेनाका शल्य चिकित्सक जर्नेल जिरोमी आडम्सले आगामी दुई हप्ता अधिकांश अमेरिकीहरुको जीवन थप दुःखदायी र पीडादायी हुने भन्दै सचेत गराएका छन् ।

संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको तथ्यांक ३ लाख ३१ हजार नाघेको छ । यसैगरी भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या पनि ९ हजार ४ सयभन्दा बढी रहेको छ ।

युरोपमा कोरोना संक्रमणका कारण अति प्रभावित मुलुकहरु इटाली, स्पेन र फ्रान्समा पनि मृत्युदरमा कमी आएको छ । इटालीमा विश्वमै सबैभन्दा बढी मानिसको ज्यान गएको छ । आइतबार सम्ममा इटालीमा १५ हजार ८ सय ८९ मानिसको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ ।

शनिबारको तुलनामा यो संख्या ५२५ ले मात्रै बढी हो । इटालीमा गत मार्च १९ पछिको यो नै सबैभन्दा कम दैनिक मृत्यु हो । विश्वमा इटालीपछि दोस्रोमा सबैभन्दा बढी मानिसको मृत्यु स्पेनमा भएको छ । स्पेनमा हालसम्म १२ हजार ४ सय १८ जनाको मृत्यु भएको छ । शनिबार एकै दिनमा ७ सय ४९ जनाको मृत्यु भएकोमा आइतबार यो संख्या घटेर ६ सय ७४ मा झरेको छ ।

यसैगरी फ्रान्समा पनि दैनिक मृत्युदर आइतबार ५ सय १८ मा सीमित भएको भएको छ । यो संख्या अघिल्ला दिनहरुको तुलनामा निकै कम हो । फ्रान्समा हालसम्म ७ हजार ५ सय ७५ जनाको मृत्यु भइसकेको छ ।

विश्वमा हालसम्म १२ लाख मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् । यसैगरी भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या पनि ६८ हजार नाघेको छ ।-

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }