बिहिबार, भदौ २५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोना भाइरस पोजेटिभ देखिएपछि बेलायतका प्रधानमन्त्री बोरिस जोनसन अस्पताल भर्ना


  • माउन्टेन खबर
  • सोमवार, चैत्र २४, २०७६
  • 1.0K
    SHARES

१० दिनअघि कोरोना भाइरस पोजेटिभ देखिनुभएका बेलायतका प्रधानमन्त्री बोरिस जोनसन अस्पताल भर्ना भएका छन् । सङ्क्रमण बढेको महसुस गरिएपछि उनलाई लण्डन अस्पतालमा भर्ना गरिएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।

उनलाई ज्वरो बढेपछि उपचारका लागि अस्पताल लगिएको बताइएको छ । यसअघी १० दिनअघि कोरोनाको लक्षण देखिएपछि उहाँ आफ्नै निवासमा क्वारेन्टाइनमा बस्दै आउनुभएको थियो । उहाँलाई एकदिन अस्पतालमा राखेर सबै परीक्षण हुने र त्यसको रिपोर्ट हेरेर डिस्चार्ज गरीने अस्पतालले बताएको छ ।

यसैबीच बेलायतकी महारानी एलिजावेथ द्वितियले विश्वमै हाहाकार मच्चाइरहेको कोरोना भाइरसको महामारीलाई परास्त गर्न संयुक्त अधिराज्य छिट्टै सफल हुने विश्वास व्यक्त गरेकी छिन्।

राष्ट्रका नाममा सम्वोधन गर्दै महारानीले विपदको घडीमा साथ साथै रहेर काम गरीरहेका सबैको प्रशंसा पनि गरिन् । विन्डसोर राजप्रसादबाट सम्वोधन गर्दै उनले यसअघि पनि विभिन्न संकटको सामना गरेको भएपनि यो फरक भएको तर सबैको सामूहिक प्रयासबाट छिट्टै सफलता प्राप्त हुने विश्वास व्यक्त गरिन् ।-

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)