बिहिबार, भदौ २५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बेलायतका प्रधानमन्त्री जोनसन आईसीयूमा


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र २५, २०७६
  • 663
    SHARES

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनमा कोरोनाभाइरस संक्रमणका लक्षणहरू खराब भएपछि अस्पतालको सघन उपचार कक्ष आईसीयूमा सारिएको छ ।

प्रधानमन्त्री कार्यालय डाउनिङ्ग स्ट्रीटका प्रवक्ताले प्रधानमन्त्री जोनसनलाई चिकित्सकको टोलीको सल्लाहमा सघन उपचार कक्षमा सारिएको र उनको उचित हेरबिचार भइरहेको बताएका छन् ।

उनले प्रधानमन्त्री जोनसनले विदेशमन्त्री डोमिनिक राबलाई “जहाँ आवश्यक पर्छ“ त्यहाँ आफ्नो तर्फबाट जिम्मेवारी सम्हालिदिन भनेको बताएका छन् ।

५५ वर्षीय प्रधानमन्त्री जोनसनलाई भेन्टिलेटरमा भने राखिएको छैन । उनलाई आइतवार सांझ लण्डनस्थित सेन्ट टमसेज अस्पतालमा भर्ना गरिएको थियो ।

महारानी एलिजाबेथलाई पनि प्रधानमन्त्री जोनसनको स्वास्थ्य अवस्थाकाबारे अवगत गराइएको बकिंघम दरबारले जनाएको छ ।

गत मार्च २७ मा कोरोनाभाइरसको सङ्क्रमण देखिए यता सेल्फ क्वारेन्टाइनमा बसेका प्रधानमन्त्री जोनसनमा लक्षणहरूमा सुधार नआएपछि अस्पताल भर्ना गरिएको थियो ।

नियमित स्वास्थ्य जाँचका क्रममा उनमा उच्च ज्वरो र खोकी देखिएको थियो । ऐजेन्सी

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)