कोरोना भाइरसको संक्रमण दक्षिणी छिमेकी भारतमा पनि बढ्दै गएको छ । बुधबार बिहानसम्म भारतमा मृत्यु हुनेकाे संख्या १५० पुगेकाे छ भने ५ हजार ३११ जना संक्रिमत भएका छन् ।
पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भएको छ भने ५३३ जना नयाँ संक्रमित थपिएका छन् ।
भारतमा कुल संक्रमितमध्ये ४२१ जना उपचारपछि निको भएर घर फर्किएको समाचारमा जनाईएको छ। ४ हजार ७४० जना अहिले पनि उपचाररत रहेका छन्।
कोरोनाको प्रभाव विस्तार हुँदै गएपछि भारतमा २१ दिन लामो लकडाउनको घोषणा गरिएको छ । भारतमा आज लकडाउनको १५ औँ दिन हो । ऐजेन्सी
