बिहिबार, भदौ २५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भारतमा कोरोना भाइरसका विरामी बढ्दोक्रममा बिहीबार बिहानसम्म मृत्यु हुनेको संख्या ४१४ पुग्यो


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख ४, २०७७
  • 352
    SHARES

भारतमा कोरोना भाइरसका विरामी पछिल्लो केही दिनयता निकै बढेका छन् । यस संक्रमणबाट बिहीबार बिहानसम्म मृत्यु हुनेको संख्या ४१४ पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट ३७ जनाको मृत्यु भएको हो ।

भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार यसबाट संक्रमित हुने मानिसको सख्या पनि १२ हजार तीन सय ८० पुगेको छ । भारतीय अधिकारीबाट प्राप्त समाचारमा भारतको महाराष्ट्र अहिले सबैभन्दा प्रभावित देखिएको छ । महाराष्ट्रमा अहिलेसम्म एक सय ८७ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ भने दुई हजार नौ सय १६ जना संक्रमित भेटिइसकेका छन् ।

यो राज्यपछि मध्य प्रदेशमा सबैभन्दा बढी ५३ जना मानिसको मृत्यु भएको छ । त्यस्तै गुजरातमा ३३ र दिल्लीमा ३२ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)