सोमवार, बैशाख १७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

भाइरसको प्रकृति थाहा पाएर पनि अमेरिका अझै उदासिन–शिव लामिछाने


  • माउन्टेन खबर
  • आइतवार, बैशाख ७, २०७७
  • 1.5K
    SHARES

भाइरसको प्रकृति थाहा पाएर पनि अमेरिका अझै उदासिन

 

–शिव लामिछाने

कोरोना भाइरसका नाममा निस्केको रोगको प्रकोप र त्यसका कारण विश्वभरिका मानिसको जीवन अन्योलमा छ । सानाठूला सबै खाले उद्योगहरु, निर्माण कम्पनीहरु तथा कृषि क्षेत्रको काम बन्द हुँदा करीब तीन महिनायता विश्वको अर्थव्यवस्था ओरालो लागिरहेको छ ।

अमेरिकाको कुरा गर्दा अमेरिकामा साना व्यवसाय देशको अर्थतन्त्रको मेरुदण्ड हुन् । अमेरिकामा सन् २०१९ को तथ्याङ्क अनुसार ३ करोड ९ लाख व्यावसायिक फर्महरुमध्ये ९९.९ यस्ता व्यावसायिक फर्महरुको हिस्सा हुन आउँछ । तिनले गत वर्ष अमेरिकाको कूल रोजगारीको ४७.३ प्रतिशत लिएका थिए । यस्ता साना व्यवसायमा सूचना र प्राविधिक क्षेत्रका सेवा, निर्माण सेवा, घरजग्गा खरिदविक्री, स्वास्थ्य तथा सामाजिक सुरक्षा, प्रशासनिक तथा फोहर व्यवस्थापन, साना रेस्टुरेन्ट तथा द्रूत खाजाघरहरु, सार्वजनिक सहयोग, परिवहन तथा गोदाम, कला, मनोरञ्जन, इन्सुरेन्स, शैक्षिक सेवा, थोक विक्री, उत्पादन, कृषि÷वन, माछा मार्ने तथा शिकार गर्ने, खानी उत्खनन, तेल प्रशोधन, बिजुली, पानी, ग्याँस आपूर्ति, खुद्रा व्यवसाय आदि प्रमुख हुन् । यस्ता व्यावसायिक फर्महरुमा रोजगारी पाउने मानिसहरुको संख्या गत वर्ष कूल ५ करोड ९९ लाख थियो । यस्ता व्यावसायिक फर्मको अधिकांश हिस्सा पूर्ण बन्द भएको छ । कामदारहरु बेरोजगार भएका छन् ।

विश्वको अर्थतन्त्र जुन गतिमा दैनिक रुपमा चल्ने बजार व्यवस्था, मानवआवागमनले सञ्चालित थियो, त्यो अहिले विगत लगभग तीनमहिनादेखि एक प्रकारले बन्द भएको छ । कृषि क्षेत्रमा आंशिक रुपमा काम भइरहेको भए पनि निर्माण क्षेत्रमा करोडौँ उद्योगहरु बन्द भएका कारण तिनमा काम गर्ने कर्मचारीहरु अहिले बेकम्मा भएका छन्, बेरोजगार भएका छन् । कुनै उद्योग बन्द हुँदा कर्मचारीलाई त्यसबाट निस्केर अर्कोमा काम गर्न जान अवसर प्राप्त हुने सामान्य प्रव्रिmया हो तर यसपटक रोगको संक्रमणका कारण यो रोजगारी बन्द भएको छ, यो बन्द भयो त त्यसमा जाऊँ भन्दा त्यो पनि रोगको विस्तरको डरले त्यो पनि बन्द भएको छ । यो पनि बन्द छ्, त्यो पनि खुला छैन । हातमा पैसा छैन । बाहिर निस्कने अवस्था छैन । यो अवस्था कति दिन, हप्ता वा महिना लामो हुने हो कसैको अनुमानभित्र छैन ।

नयाँ वर्ष मनाएर चीनबाट बाहिरिएका चिनियाँसितै बाहिरिएको कोरोना भाइरसले अहिले विश्वका दुईसयभन्दा बढी अर्थात् लगभग सबै मुलुकहरुलाई प्रभावमा पारिसकेको छ । यो रोग चीन डिसेम्बरको आधाआधीपछि चीनको उहान पुगेका फर्केका विदेशीसित पनि बाहिरिएको लगभग पक्का भइसकेको छ । यसको उद्भव कहाँबाट भयो भन्ने थाहा भए पनि यो कहाँकहाँ पुग्छ भन्ने कुराको पूर्वानुमान नभएका कारण एकपछि अर्को गर्दै विश्वका सबै मुलुकहरु यसबाट नराम्ररी प्रभावित भएका हुन् ।

चीनले आफ्नो भूमिमा यसको विस्तार भएपछि यसको रोकथामका लागि तत्काल निकै अत्ताल्लिएर उपायहरु अपनायो । उसले बाह्र दिनमा कोरोनाभाइरसबाट प्रभावित विरामीको उपचारका लागि अस्पतालमात्र तयार गरेन बरु उसले यस्ता प्रभावित क्षेत्रमा थप सुरक्षा प्रदान गर्न बेइजिङबाट १४ रोबोटहरु ल्याएर काममा लगायो । यसबाट विरामीलाई नर्सहरुले दिने औषधिको जिम्मेवारी रोबोटलाई दिइयो भने संव्रmमित क्षेत्रमा सरसफाइका लागि पनि रोबोटलाई काममा लगाइयो । चीनले हुवे प्रान्तको उहान सहरलाई पूरै आवागमन निषेध अर्थात् लकडाउन गरी मानिसहरुलाई घरमै बस्न निर्देश ग¥यो । यतिमात्र गरेन, मानिसहरुलाई ननिस्कनका लागि घरबाहिरबाट ताला समेत लगाइदियो । सबैतिर सून्य हुनेगरी उहान सहर बन्द भयो । अरु सहरमा जान र अन्यत्रबाट त्यहाँ आउन विल्कुल निशेषाज्ञा लगाइयो । यो हेरिरहेको विश्वले यसलाई ख्यालख्याल ठानेर हाँसिरह्यो ।

चीनको उहान सहरबाट कोरोना भाइरसको संक्रमण लिएर जनवरी १५, २०२० मा पहिलो व्यक्तिका रुपमा वासिङटनमा भित्रिएको अमेरिकाको रोक नियन्त्रण तथा रोकथाम केन्द्र ‘सिडीसी’ ले जनवरी २१ मा निश्चित ग¥यो । अमेरिका भित्रिएको व्यक्तिको रोगको लक्षण चीनमा विरामी परेका भाइरस पीडितको लक्षणसँग मिलेका आधारमा उसको परीक्षण भएको थियो । त्यसो त चीनमा भएको महामारीको लगत्तै जनवरी १७ मा सिडीसीले क्यालिफोर्निया र निर्योकका विमानस्थलहरुमा अवतरण गर्ने चिनियाँहरुको स्वास्थ्य परीक्षण गर्ने कार्य सुरु गरेको हो । तर यो संव्रmमित रोगको संक्रमणको प्रकृति कस्तो हो भन्ने प्रस्ट सूचना चीनले सार्वजनिक नगरेको कारण पनि अमेरिका, बेलायत, इटली, फ्रान्स, इरान लगायतका अत्यधिक प्रभावित मुलुकहरुले सावधानी अपनाउन सकेनन् । जसको फलस्वरुप अनपेक्षित रुपमा यो रोगको महामारी घना बस्ती भएका विश्वका विभिन्न सहरहरुमा आगोझँे फैलियो । कोरोना भाइरसबाट अत्यधिक प्रभावित अन्य देश भन्दा बढी शोकले विश्वबाटै पर्यटकहरुको चाप हुने सुन्दर देश इटाली र संसारकै राजधानीको संज्ञा पाएको अमेरिकाको न्युयोर्क आकूल भएका छन् ।

शारीरिक दुरी कायम गर्न, पटकपटक हात धुन, मुखावरण ‘मास्क’ लगाउन, पञ्जा लगाउन सर्वसाधारणलाई सार्वजनिक रुपमा सूचना गर्न पनि रोग विस्तारको प्रकृति थाहा नपाएरै सुरुका दिनमा सम्भव भएन । विकसित मुलुकका स्वास्थ्यक्षेत्रका अनुसन्धाताहरु पनि यस्तो संव्रmमित रोगको विस्तारलाई रोक्न के गर्ने भनेर सरकारलाई सल्लाह दिनमा कडा हुन सकेनन् । यसले अनपेक्षित रुपमा अमेरिका, इटाली, बेलायत, इरान, स्पेनजस्ता देशले धेरै नागरिकको मृत्युको पीडा सहनुप¥यो, जुन अझै अनपेक्षित रुपमा बढिरहेको छ । अहिले विश्व आंशिक रुपमा बन्द छ । राजनीतिक अभिष्ट पूरा गर्न देशहरु बन्द गर्ने र हुने गरेको अनुभव हरेक देशका नागरिकलाई भइरहेकै कुरा हो तर एकैपटक मानिसको तागत र क्षमताभन्दा बाहिर गएर यसरी विश्वलाई निरीह रुपमा बन्द गर्नुपर्ने अवस्था आएको मानव इतिहासकै पहिलो घटना हो ।

प्रयोगशालाहरु विश्वभरि नै यो भाइरसको उपचार र यसको संव्रmमणको रोकथाममा उपयुक्त हुने औषधिको परीक्षणमा लागिरहेका छन् । विभिन्न क्षेत्रबाट कसैले पाँच महिना त कसैले एक वर्षमा औषधि बाहिर आउने हल्ला फैलाइरहेका छन् । राजनेतादेखि विशेषज्ञसम्मका कुरामा कुनै आधिकारिकता पुष्टि भएको छैन । यस्तो अवस्थामा अमेरिकाको आर्थिक जीवन यसरी घरमा थुनिएर बस्न सक्दैन भनेर राष्ट्रपति डोनाल्ड जे ट्रम्प दिनदिनै भनिरहेका छन् । उनको अघिल्लो पूर्वानुमान इस्टरअघि देश खुल्नुपर्छ भन्ने थियो । उनले इस्टरको अवसर सबैभन्दा उपयुक्त हुने भविष्यवाणी गरेका थिए तर उनी अहिले अप्रिलको अन्त्यसम्ममात्र यस्तो गर्न सकिन्छ भनिरहेका छन् ।

संघीय सरकारले नागरिकलाई रोजगारी गुमेको अवस्थामा बेरोजगारीका बेला आर्थिक सहयोग गरेको छ । अमेरिकामा काम गर्ने कानुनी अधिकार पाएका र सामाजिक सुरक्षा संख्या भएका व्यक्तिलाई उनीहरुको बार्षिक आम्दानीका आधारमा व्यक्ति भए बढीमा १२ सय डलर र श्रीमान् श्रमती भएमा बढीमा २४ सय डलर सहयोग गर्ने निर्णय गरी यसको कार्यान्वयन पनि गरिसकेको छ ।  अमेरिकाको जनजीवन अचम्मको छ । मानिसहरुले बेरोजगारी भत्ताका लागि आवेदन दिएर पैसा पनि लिन थालिसकेका छन् । अप्रिल १६ सम्मको तथ्याङ्कमा अमेरिकाका कूल २ करोड २० लाख बासिन्दाले वेरोजगार भएबापतको सुविधाका लागि आवेदन दिइसकेका छन् ।

कामदारका लागि मात्र होइन अमेरिकी सरकारले साना व्यवसायीहरुलाई उनीहरुले कर्मचारीको तलव दिन सकून् भनेर केही प्रभावात्मक राहत पनि दिएको छ । अमेरिका स्थानीय तहमा राज्यराज्यले नागरिकका सुविधाका लागि अनेकन सहयोग गरिरहेका छन् । तर पनि मानिसहरु अन्योलमा छन् । भोलि के हुन्छ भन्ने पीरले मानिसलाई सताएको छ ।  घरमा बसिरहनुपर्ने कारणले गर्दा उनीहरुमा एक खालको त्रास, नैराश्य र अवसादको अवस्था नदेखियोस् भनेर विभिन्न निकायहरुले मानसिक परामर्शका लागि विभिन्न प्रक्रिया गरिरहेका छन् । अहिले सबैभन्दा बढी समस्या अमेरिकामा रहेका कागजपत्र नभएका विदेशी वासिन्दामा देखिएको छ । सरकारसित ठ्याक्कै आँकडा नभएकाले अमेरिकामा यस्ता आप्रवासीको संख्या १ करोड ५ लाखदेखि १ करोड २० लाखसम्म भएको अनुमान २०१७ मा गरिएको सर्वेक्षण आँकडाले देखाएको छ ।

बजार खुले पनि तुरन्तै काम पाइने कुनै निश्चितता हुँदैन । दुईचार दिन विदाका कारण बन्द भएका बजारहरु खुले पनि जनजीवन सामान्य हुन केही दिन कुर्नुपथ्र्यो । अहिले त उत्पादन रोकिएको छ, आवागमन रोकिएको छ । खरिदका लागि रकम असन्तुलित भएको छ । त्यसैले तिनमा अन्योल छ । विशेष गरी मजदूरी गर्ने , घाँस काटेर सफाइ गर्ने, छाना छाउने, घर सफा गर्ने, गाडी हाँक्ने, निर्माण क्षेत्रमा काम गर्ने, शारीरिक बल पर्ने काम गर्ने, ग्यास स्टेसन, रेस्टुरेन्ट आदिमा यस्ता कागजपत्र नभएका कामदारहरु बढी रहेका छन् । अहिलेको बन्द अर्थतन्त्रले यिनलाई नराम्ररी पिरोलेको छ । न्युयोर्कको रोग प्रभावित र मृतकको संख्याले यस्ता व्यक्तिहरु बढी प्रभावित भएको देखाएको छ ।

विश्वभरि नै एकाथरि मानिसहरुको त्रास मानिसहरुमा नैराश्य र उत्पादकत्व घटेका कारण बजारको उत्थान हुन निकै समय लाग्ने भन्नेमा छ । अर्को अनुमान यो पनि छ कि मानिसहरुमा अभावका कारण आपराधिक गतिविधिमा वृद्धि हुनेछ र यसले हिंसालाई प्रश्रय दिनेछ । यस्ता नकारात्मकतातर्फ मानिसहरु बढी चिन्तन गर्न थालेको अवस्था अहिलेको एक निराशाको अवस्था हो । मानिसमा शारीरिक र मानसिक गतिशीलतामा कमी आएका कारण यस्तो भएको हो । खानका लागि काम गर्ने मानिसहरुले खानका लागि सरकारबाट केही हिस्सा पाएका भए पनि उनीहरुमा यस्ता भावना बढ्न थालेको देखिएबाट उनीहरुमा सकारात्मक उर्जा बढाउन कहीँबाट पहल हुनु जरुरी देखिन्छ ।

विश्वका अन्य विकसित र अविकसित मुलुकमा जस्तै अमेरिकाका थोरै हुनेखानेलाई बहुसंख्यक रुपमा रहेका हुँदा खानेको जमातले धनी बनाएको सत्य हो ।  यो सत्य हो, बहुसंख्यामा रहेको यो जमात क्रियाशिल भएन भने हुनेखानेको अवस्थामा पनि पक्कै असन्तुलन आउनेछ । बजार खुुलाउन हतार गर्दा काम गर्न जानेबाट र खुलेका बजारमा मिसिन आउनेबाट भाइरसको विस्तार भइरहन्छ । यसले अमेरिकालाई अनुमान गरेभन्दा निकै गुणा बढी आर्थिक, प्राविधिक र मानवीय क्षति पुर्याउन सक्छ । त्यसैले यो औषत र औषतभन्दा तलको अर्थोपार्जन गर्ने वर्गलाई काममा फर्काउन सरकार वा राष्ट्रप्रमुखले चाहेर हुँदैन, परिस्थिति चाँडै सकारात्मक भएर आउनुपर्छ । अमेरिकाको हकमा यो सकारात्मकताको लहर ल्याउन अझै पनि समयमै राज्य र संघीय सरकारले अहिले भएको खुकुलो लकडाउनलाई कडा बनाउँदै एकैपटक सबै राज्यमा लागू गर्नुपर्छ । निश्चित समयसम्म भाइरसको विस्तार हुने मानवसम्पर्कका बाटाहरु बन्द गर्नुमा सरकार गम्भीर रुपमा सचेत हुनुपर्छ ।

 

–भर्जिनिया, अमेरिका

 

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }