बिहिबार, भदौ २५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ७० हजार नाघ्यो


  • माउन्टेन खबर
  • मङ्लबार, बैशाख ९, २०७७
  • 1.2K
    SHARES

कोरोना भाइरसका कारण विश्वमा मृत्यु हुनेको संख्या १ लाख ७० हजार नाघेको छ। गएको २४ घन्टामा यसको संक्रमणबाट विश्वभर ५ हजार ३ सय ३९ जनाको मृत्यु भएको छ। अहिलेसम्म संक्रमित हुनेको संख्या २४ लाख ८० हजार नाघेको छ। संक्रमितमध्ये अहिलेसम्म ६ लाख ४६ हजार २ सय ४८ जना उपचारपछि निको भएर घर फर्किएका छन्। गएको २४ घन्टामा कोरोना संक्रमणबाट सबैभन्दा बढी अमेरिकामा १९ सय ३९ जनाको मृत्यु भएको छ। त्यहाँ अहिलेसम्म मृतकको संख्या ४२ हजार ५ सय १४ पुगेको छ। अमेरिकामा संक्रमितको संख्या ७ लाख ९२ हजार ७ सय ५९ पुगेको छ ।

अमेरिकामा सोमबार एकै दिन २८ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन्। अमेरिकापछि अहिलेसम्म इटालीमा धेरैको मृत्यु भएको छ। त्यहाँ मृत्यु हुनेको संख्या २४ हजार नाघेको छ। त्यसैगरी स्पेनमा अहिलेसम्म २० हजार ८ सय ५२ जनाको मृत्यु भएको छ। त्यहाँ सोमबार ३ सय ९९ जनाले ज्यान गुमाएका छन्।

त्यसैगरी फ्रान्समा अहिलेसम्म २० हजारभन्दा बढीको मृत्यु भइसकेको छ। फ्रान्समा सोमबार ५ सय ४७ जनाले ज्यान गुमाएका छन्। युकेमा साढे १६ हजारभन्दा धेरैको मृत्यु भएको छ। त्यहाँ सोमबार ४ सय ४९ जनाले कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)