कोरोना भाइरसका कारण विश्वभर मृत्यु हुनेको संख्या १ लाख ७७ हजार ६ सय १९ पुगेको छ। संक्रमितको संख्या २५ लाख ५६ हजार ७ सय ६१रहेको छ। कोरोना भाइरस लागेका विश्वभरका ६ लाख ९० हजार ३सय ३४ मानिस निको भएर घर फर्किएका छन्। कोरोना भाइरसको सबैभन्दखा धेरै प्रभावज परेको अमेरिकामा एकै दिन २७ सय भन्दा बढीको ज्यान गएको छ। बुधबार विहान सार्वजनिक भएको तथ्यांकअनुसार अमेरिकमा एकैदिन २७ सय ६५ जनाले ज्यान गुमाएका छन्। अमेरिकमा मृत्यु हुनेको संख्या ४५ हजार २ सय भन्दा बढी पुगेको छ । यस्तै आठ लाख १७ हजार संक्रमित पुगेका छन्।

अमेरिकाको राजधानी न्यूयोर्कका बासीन्दाले कोरोका कारण सबै भन्दा बढीले ज्यान गुमाएका छन्। त्यहाँ १९ हजार ६ सय ९३ जनाको मृत्यु भएको छ। न्यूयोर्कमा २ लाख ५६ हजार ५ सय ५५ जना संक्रमित रहेको वल्डोमिटरको तथ्यांक छ। त्यस्तै न्यूजर्सीमा ४ हजार ७ सय ५३ जनाको मृत्यु भएको र ९३ हजार संक्रमित छन्। अमेरिका पछि इटालीमा ज्यान गुमाउनेको संख्या सबैभन्दा बढी छ। इटालीमा २४ ह्जार ६ स ४८ जनाको मृत्यु भएको छ। स्पेनमा १ लाख ८३ हजार ९ सय ५७ संक्रक्रित छन्।
त्यस्तै अर्को युरोपेली देश स्पेनमा २१ हजार २ सय ८२ जनाको मृत्यु भएको ५ भने २ लाख ४ हजार १ सय १७ संक्रमित छन्। फ्रान्समा २० हजार ७ सय ९६ जनाको ज्यान गइसकेको छ। फ्रान्समा स्रक्रमितको संख्या १ लाख ५८ हजार ५० छ। त्यस्तै बेलायमा १७ हजार ३ सय ३७ जनाको मृत्यु भएको छ। त्यहाँ १ लाख २९ हजार संक्रमित छन्।
