मङ्लबार, जेष्ठ ८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

इंग्लिस प्रिमियर लिगमा चेल्सी शीर्ष चारको स्थान हात पार्न सफल


  • माउन्टेन खबर
  • आइतवार, असार २१, २०७७
  • 265
    SHARES

लन्डन । शनिबारको अन्तिम लिग खेलमा चेल्सीले वाटफोर्डलाई ३–० ले हराउँदै इंग्लिस प्रिमियर लिगमा फेरि शीर्ष चारको स्थान हात पार्न सफल भएको छ ।
त्यसमा ओलिभर जिरोर्ड, विलियन र रोस बार्कलीले गोल गरे । हारसँगै वाटफोर्ड थप दबाबमा परेको छ । वाटफोर्ड रेलिगेसन क्षेत्रबाट केवल एक अंक मात्र अगाडि छ । यसअघि म्यानचेस्टर युनाइटेडले बर्नमाउथलाई ५–२ ले हराएर केही समयका लागि शीर्ष चार प्रवेश गरेको थियो ।

आफ्नो अघिल्लो खेलमा वेस्ट ह्यामविरुद्धको खेल गुमाएपछि चेल्सी वाटफोर्डविरुद्ध निश्चित जित निकाल्न दबाबमा थियो । शनिबारको अर्को खेलमा आर्सनलले उल्भ्सलाई २–० ले हरायो । हारले उल्भ्सको युरोपमा खेल्ने सपनामा धक्का पुगेको छ ।

आर्सनलले १८ वर्षीय बुकायो साकाको पहिलो प्रिमियर लिग गोलमा अग्रता लिएको थियो । त्यसपछि एलेक्जान्डर लाकाजेटले दोस्रो गोल थपे ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }