बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

लायन्स क्लब समर्पणद्धारा कोरोना योद्धा डा रोशन झाको भव्य स्वागत (तस्बिरसहित)


  • माउन्टेन खबर
  • बिहिबार, भदौ १८, २०७७
  • 720
    SHARES

काठमाडौँ, १८ भदौ । पछिल्लो समय उपत्यकालगायत देशका विभिन्न भागमा कोरोना विरामीको उपचारमा संलग्न डाक्टरलाई लखेटिएको समाचार सञ्चारमाध्याममा आइरहेका छन् ।

तर, पछिल्लो समय काठमाडौँको सोल्टीमोडमा फरक दृश्य देखियो । कोरोना विरामीको उपचारका लागि दिनरात नभनी १४ दिनसम्म शशस्त्र प्रहरी अस्पताल बलम्बुमा खटिएका डा रोशनकुमार झालाई भने लायन्स क्लब अफ काठमाडौँ समर्पणको टोलीले आफ्नै टोल सोल्टीमोडमा आज फूलमालासहित भव्य स्वागत गरेको छ ।


झा शशस्त्र प्रहरी अस्पतालमा प्रहरी नायव उपरीक्षक (डिएसपी) पदमा कार्यरत हुनुहुन्छ । पछिल्लो समय कोरोनाको उपचारमा संलग्न डाक्टर बस्नका लागि शशस्त्र प्रहरी अस्पतालले छुटै क्वाटरको व्यवस्था गरेपनि डा झा भने सरकारी रकम सदूपयोग गर्नका लागि आफु घरमा आएर क्वारेन्टाइनमा बसेको बताउनुहुन्छ ।

“मलाई अस्पतालले बस्नका लागि छुट्टै क्वाटरको व्यवस्था गरेको थियो, तर मलाई टोलवासीले घरमा आएर बस्नका लागि गरेको अनुरोधलाई स्वीकार गरेर घरमै आएर बसेको छु,”–उहाँ भन्नुहुन्छ । घरको कोठालाई क्वारेन्टाइन बनाएर बसेपछि परिवारपनि खुशी हुने र आफुलाई पनि सन्तुष्टी मिलेको उहाँको भनाई छ । झा दम्पत्ती नै डाक्टर हुनुहुन्छ ।

नेपालमा पछिल्लो समय फैँलदै गएको कोरोना उपचार तथा नियन्त्रणका लागि लायन्स क्लब अफ समर्पणले काम गर्दै आएको छ ।
लायन्स क्लब अफ समर्पणले आर्थिक रुपमा विपन्न कोरोना सङ्क्रमित परिवारको उपचारमा सहज पुग्ने उदेश्यले २०० सिलिण्डरसहित ‘अक्सिजन बैँक’ स्थापना गरेर सेवा प्रदान गर्दै आइरहेको क्लबका सदस्य लायन्स सञ्जय सिंघानियाले जानकारी दिनुभयो । कोरोनाका सामान्य विरामीको उपचारका लागि उक्त कार्यले सहयोग पुग्नेछ ।

विस २०६७ सालमा स्थापना भएको उक्त क्लबले सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएको छ । कोरोना सङ्क्रमणपछि लायन्स क्लब अफ काठमाडौँ समर्पणले सेनिटाइजर, माक्स, ग्लोब्सलगायतका सामाग्री निशुल्क वितरण गरेको क्लबका अध्यक्ष लायन्स दिपक वंशलले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)