काठमाडौं,१८ भदौ । नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ६ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ४ जना महिला र २ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो । चितवनमा ४० वर्षिया, भक्तपुरमा ४० वर्षिया, तनहुँमा ९२ वर्षिया र रुपन्देहीमा ७७ वर्षिया महिलाको मृत्यु भएको हो । यस्तै सिन्धुपाल्चोकमा ७७ वर्षिय र रुपन्देहीमा ६५ वर्षिय पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ५७ पुगेको छ ।
आज देशभरी १ हजार २ सय २८ जनामा कोरोना संक्रमण देखिएको छ । १३ हजार ४ सय १३ पीसीआर परीक्षण गरिएकोमा महिला ३ सय ९४ र ८ सय ३४ जना पुरुषमा संक्रमण देखिएको हो । काठमाडौंमा ३ सय ५७, ललितपुरमा ४६ र भक्तपुरमा ४२ जनामा संक्रमण देखिएको छ । यो सँगै देशभरी संक्रमितको संख्या ४२ हजार ८ सय ७७ पुगेको छ । आजसम्म ७ लाख ३१ हजार ८ सय ५२ जना पीसीआर विधिबाट कोरोना परीक्षण भएको छ ।
देशभरी सक्रिय संक्रमितको संख्या १८ हजार ४ सय १३ रहेको छ । प्रदेश नम्बर १ मा ९ सय ९०, प्रदेश नम्बर २ मा ८ सय ५२, बागमती प्रदेशमा ५ हजार ७ सय ६ र गण्डकी प्रदेशमा ६ सय ८० जना संक्रमित संस्थागत आइसोलेसनमा छन । यस्तै प्रदेश नम्बर ५ मा १ हजार १ सय ३२, कर्णाली प्रदेशमा ३ सय ६८ र सुदूरपश्चिम प्रदेशमा ९ सय ४३ जना गरी १० हजार ६ सय ७१ जना संस्थागत आइसोलेसनमा उपचाररत रहेका छन । यस्तै होम आइसोलेसनमा प्रदेश नम्बर १ मा ७ सय १५, प्रदेश नम्बर २ मा ४ हजार ३ सय, बागमती प्रदेशमा २ हजार ५० र गण्डकी प्रदेशमा ४३ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ४ सय १८, कर्णाली प्रदेशमा ७७ र सुदूरपश्चिम प्रदेशमा १ सय २९ जना गरी देशभरी होम आइसोलेसनमा ७ हजार ७ सय ४२ जना रहेका छन । आइसियुमा १ सय ४१ जनाको उपचार भइरहेको छ । यस्तै भेन्टिलेटरमा देशभरी १७ जनाको उपचार भइरहेको छ ।
आज डिस्चार्ज ९ सय १७ जना संक्रमित निको भएर घर फर्किएका छन । यस्तै प्रदेश नम्बर १ मा २ हजार १, प्रदेश नम्बर २ मा ६ हजार ४ सय ७१, बागमती प्रदेशमा १ हजार ५ सय ९९ र गण्डकी प्रदेशमा १ हजार ७ सय १७ जना संक्रमित डिस्चार्ज भएका छन । यस्तै प्रदेश नम्बर ५ मा ६ हजार २ सय ७६, कर्णाली प्रदेशमा २ हजार ७ सय ३७ र सुदूरपश्चिम प्रदेशमा ५ हजार ६ जना गरी आजसम्म २४ हजार २ सय ७ जना डिस्चार्ज भएका छन । आज क्वारेन्टिनमा ६ हजार ७ सय ४९ जना रहेका छन ।
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय २८ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कुल १३ हजार ३ सय १३ पिसिआर परिक्षणमा १ हजार २ सय २८ संक्रमित थपिएका हुन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा ९ सय १७ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा २४ हजार २ सय ७ जना कोरोना संक्रमित निको भएको प्रवक्ता गौतमले जानकारी दिए ।
होम आइसोलेसनमा रहनेहरुको संख्या ७ हजार ७ सय ४२ रहेको छ । यस्तै सक्रिय संक्रमितको संख्या १८ हजार ४ सय १३ रहेका छन् । पछिल्लो २४ घण्टामा १३ हजार ४ सय १३ जनाको पिसिआर परीक्षण गरिएको छ ।
