बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

संक्रमण नियन्त्रणमा प्रभावकारी काम हुन नसके एक महिना भित्र काठमाडौं उपत्यकाको स्थिति नियन्त्रण बाहिर जान सक्ने स्वास्थ्य विज्ञहरुको चेतावनी


  • माउन्टेन खबर
  • शुक्रबार, भदौ १९, २०७७
  • 643
    SHARES

काठमाण्डौ,१९ भदौ। कोभिड १९ संक्रमण नियन्त्रणमा प्रभावकारी काम हुन नसके एक महिना भित्र काठमाडौं उपत्यकाको स्थिति नियन्त्रण बाहिर जान सक्ने स्वास्थ्य विज्ञहरुले बताएका छन् ।

प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले कोभिड १९ को सम्बन्धमा सरकारले गरेका कामकारबाहीको अनुगमन गर्न गठित उपसमितिको शुक्रबारको बैठकमा उपस्थित विज्ञहरुले स्वास्थ्यकर्मीले अहिले कै स्थितिमा काम गर्नुपरे एक महिना भित्रमा काठाडौंको उपत्यकामा कोभिड संक्रमण नियन्त्रण बाहिर जान सक्ने बताएका हुन् । जनस्वास्थ्य विज्ञ कार्यकारी प्रमुख डा. महेश मास्केले चिकित्सक र नर्सहरुको जायज मागहरु पुरा गरी उत्प्रेरित गर्नुपर्नेमा सरकारले न्यूनतम स्वास्थ्य सामग्री समेत उपलब्ध नगरेर हेलचेक्रयाई गरिरहेको बताउनुभयो । न्यूनतम स्वास्थ्य सामग्र्री उपलब्ध गराउन नसक्ने सरकारले कोभिड नियन्त्रणमा छ भनेर कसरी भन्न सक्यो भन्दै प्रश्न समेत गर्नुभयो । उहाँले यही गतिमा काम भइराख्ने हो भने अवको एक महिना भित्रमा काठमाडौं उपात्यकाको स्वास्थ्य स्थिति नियन्त्रण भन्दा बाहिर जाने बताउनुभयो ।

जनस्वास्थ्य विज्ञ प्रा. डा. सुजनबाबु मरहठ्ठाले स्वास्थ्य निकाय र स्वास्थ्यकर्मीलाई कसरी सुरक्षित राख्ने र मनोबल कसरी बढाउने भन्ने पक्षमा व्यवस्थापन गर्न नसके भयाभह स्थिति आउनसक्ने बताउनुभयो । समुदाय स्तरमा संक्रमण रोक्न नसकेको अवस्थामा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुमा पनि संक्रमण फैलने स्थिति आए संकट आउन सक्ने उहाँले बताउनुभयो ।

 

संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीले स्वास्थ्य संस्थाहरुमा नै कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि तयार भएको आधारभूत मापदण्डको पालना नभएको बताउनुभयो । कतिपय अस्पतालमा विरामी आउँदैनन भन्दै पीसीआर परीक्षण नै नगरेको पनि उहाँले बताउनुभयो । यसबाहेक मास्क लगाउने, सेनिटाइजर प्रयोग गर्ने, दुरी कायम गर्ने, पीपीईको प्रयोग राम्रोसँग गर्ने लगायतका काम अझैपनि हुन नसकेको उहाँले बताउनुभयो । सरकारले आवस्यक अनुगमन नगर्दा अस्पतालहरुले कोभिड रोकथामको मापदण्ड कार्यान्वयन नगरेको उहाँको भनाई छ ।

 

आयुरवेदिक तथा वैकल्पिक चिकित्साका महानिर्देशक डा. वासुदेव उपाध्यायले कोभिडबाट त्रसित भई घरमा बस्ने र जडिबुटी खाएका नेपाली भन्दै बाहिर निस्कने प्रवृतिले समस्या आएको बताउनुभयो । उहाँले परप्परागत रुपमा एन्टीभाइरल औषधिको रुपमा प्रयोग हुँदै आएका जडिबुटी सम्बन्धमा अनुसन्धान हुनुपर्ने बताउनुभयो । कोरोनासँगै जिउनको लागि के खाने भन्ने सम्बन्धमा अनुसन्धान हनुपर्ने पनि उहाँको भनाई छ । नेपालीहरुको भान्सामा प्रयोग हुने मसला तथा अन्य खाद्य जडिबुटी सम्बन्धमा पनि अनुसन्धान हुनुपर्ने आवस्यकता रहेको उपाध्यायले बताउनुभयो ।

पछिल्लो समय उपत्यका लगायतका विभिन्न जिल्लामा समुदाय स्तरमा संक्रमण फैलन थालेपछि स्थानीय जिल्ला प्रशासन कर्यालयबाट निषेधाज्ञा जारी हुँदै आएकोछ । यस्तो अवस्थामा कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेका कामकारबाहीको सम्बन्धमा आज शिक्षा तथा स्वास्थ्य समितिद्धारा गठित उपसमितिको बैठकमा छलफल भएको हो । छलफलका क्रममा विज्ञहरुले अहिले अवलम्बन गरिएको रोकथामको विधिहरुले संक्रमणलाई नियन्त्रणमा राख्न नसक्ने भन्दै अझ प्रभावकारी रुपमा काम गर्न सुझाव दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)