बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

निराशा, दिक्दारी, भय र त्रास मुक्त समाज निर्माणमा सहयोग गर्न मनो चिकित्सकहरूलाई प्रधानमन्त्रीको आग्रह


  • माउन्टेन खबर
  • मङ्लबार, भदौ २३, २०७७
  • 380
    SHARES

काठमाडौं ,२३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ का कारण सिर्जित मनो सामाजिक समस्याको संबोधन  गर्ने गरी तत्कालको योजना बनाएर अघि बढ्न स्वास्थ्य मन्त्रालय र सरोकारवाला सरकारी र निजी क्षेत्रका निकायहरूलाई सक्रिय हुन निर्देशित गर्नुभएको छ ।

मंगलबार बालुवाटारमा मनोचिकित्सकहरूसँग आयोजित परामर्श र छलफलका क्रममा उहाँले निराशा, दिक्दारी, भय र त्रास मुक्त समाज निर्माण गर्नसमेत मनो चिकित्सकहरूको विशेष योगदान हुने उहाँले जोड दिनुभयो ।

उक्त अवसरमा प्रा.डा सुदर्शन नरसिह प्रधान, डा. पशुपति महत, प्र.डा सरोजप्रसाद ओझा, प्रा.डा दिव्यासिह शाह, डा. रितेश थापा, डा. सगुन पन्त, डा. अनन्त अधिकारी, डा. फणीन्द्र बराल र डा रोशन पोखरेल लगायतका सम्बन्धित विज्ञहरूले प्रधानमन्त्रीसमक्ष यतिबेला अपनाउनुपर्ने अल्पकालीन र दीर्घकालीन उपायहरू प्रस्तुत गर्दै प्रधानमन्त्रीज्यूले आमन्त्रित गरेर सल्लाह सुझाव लिनुभएकोमा धन्यवाद ज्ञापन गर्नु भयो ।

प्रधानमन्त्रीले  कोभिड९ १९ को प्रभावविरूद्द व्यापक परामर्श तथा सचेतनता अभियान संचालन गर्न, टेलिभिजन र रेडियोलगायत सञ्चार माध्यमहरूबाट तत्काल परामर्श र चेतना फैलाउनु आवश्यक  रहेकेो भन्दै  यसमा मनोचिकित्सकहरूले सक्रिय योगदान गर्न आब्हान गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)