सोमवार, बैशाख १७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

पोखरा शवदाह गृह विवाद


  • माउन्टेन खबर
  • मङ्लबार, मंसिर १६, २०७७
  • 1.4K
    SHARES

पोखरा।  पोखरा महानगरपालिका वडा नं. १० शान्तिवन क्षेत्रमा विधुतिय शवदाह गृह बनाउन लागिएको भन्दै स्थानीयले विरोध गरेका छन् ।

महानगरपालिकाले वि.सं. २०५५ सालमा क्षेत्राधिकार समेत नाघि गैरकानुनी रुपमा उक्त वन बौद्ध अर्घो सदन र रामघाट दाहसंस्कार समितिका नाममा बाँडफँड गरिदिए पछि स्थानीयले विरोध गरेका हुन् ।

संघीय सरकारले विद्युतिय शवदाह गृह निर्माणका लागि बजेट विनियोजन गरेपछि स्थानीयले विरोध गरेका हुन् ।  गत वर्ष माघमा शवदाह गृहको निर्माण गर्न बौद्ध अर्घो सदन, पोखरा महानगरपालिका र संघीय सरकारको शहरी विकास तथा भवन निर्माण विभागबीच सम्झौता भएको थियो । उक्त शवदाह गृह करिब ३० करोडको लागतमा निर्माण हुन लागेको छ ।

विद्युतिय शवदाह गृहको विरोध गरेको नभई त्यस ठाउँमा शवदाह निर्माण गर्न नहुने विषयको विरोध भएको शान्तिवन सामुदायिक वन उपभोक्ता समितिकी अध्यक्ष सम्झना अधिकारीले बताउनुभयो ।

शवदाह गृहको विकल्प हुँदाहुँदै वन फडानी गरेर निर्माण गर्न लागिएपछि उच्च अदालत पोखरामा परेको मुद्दा विचाराधिन अवस्थामा छ । वातावरण प्रभाव मुल्याङ्कको कुरामा स्पष्ट नभइकन भौतिक संरचनाहरु निर्माण हुँदा प्रतिकुल असर पर्नसक्ने भुगोलविद कृष्ण केसीले बताउनुभयो ।

शान्तिवनको साबिकका कित्ताहरु २२०६ र २२०७ हुन् । २०६३ सालमा नयाँ नापी भएको थियो । तर अहिले एघार रोपनीभन्दा बढी क्षेत्रफल भएको वनको पुर्जाको स्रेस्ता मालपोतबाट हराएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }