आइतवार, साउन १०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

काँग्रेस प्रवेश गर्ने स्थानीय भन्छन्, संखुवासभाको विकास दिपक खड्काले मात्र गर्न सक्छन् (भिडियोसहित)


  • माउन्टेन खबर
  • शुक्रबार, मंसिर २६, २०७७
  • 1.2K
    SHARES

संखुवासभा । संखुवासभाका काँग्रेस प्रवेश गर्ने स्थानीयबासीले संखुवासभाको विकास दिपक खड्काले मात्र गर्ने बताएका छन् । विभिन्न राजनीतिक दल छाडेर देशभर काँग्रेस प्रवेश गर्ने लहर बढीरहेको बेलामा संखुवासभामा पनि पछिल्लो समय झण्डै एक हजार युवा विभिन्न पार्टी परित्याग गरी काँग्रेस प्रवेश गरेका छन् ।

 

काँग्रेस प्रवेश गर्ने मादी नगरपालिका उम्लिङका जनताले नेता खड्काले संखुवासभामा गरेको विकास देखेर आफु काँग्रेस प्रवेश गरेको बताएका छन् ।

संखुवासभामा काँग्रेस प्रवेश गर्नेहरुले त्यहाँका पूर्वसांसद एवम् पूर्व खानेपानी तथा सरसफाईमन्त्री दिपक खड्कालाई विकासप्रेमी नेताका रुपमा लिएको बताए ।

उनीहरुले भनेका छन्, “केन्द्रदेखि स्थानीय तहमा झण्डै दुईतिहाई स्थानमा जितेको नेकपा सरकारले केही काम गर्न सकेन, सत्तामा नरहँदा पनि दिपक दाईले संखुवासभाको विकासलाई तीव्रता दिनुभएको छ, उहाँजस्ता नेताको खाँचो अहिले देशमा छ,” ।

विस २०७० सालको संविधान सभाको निर्वाचनमा संखुवासभाबाट विजयी हुनुभएका दिपक खड्काले आफ्नो सांसद र मन्त्री भएवापत पाउने पारिश्रमिकसमेत जनताको सेवामा खर्चनुभएको थियो । काँग्रेस प्रवेश गर्नेहरुले काँग्रेसभित्र देखिएको विवादसमेत मिलाउनका लागि नेता खड्कालाई आग्रह गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)