आइतवार, साउन १०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

वर्तमान सरकार तानाशाही र भ्रष्टचारी बन्यो : काँग्रेस नेता दिपक खड्का (भिडियो)


  • माउन्टेन खबर
  • सोमवार, मंसिर २९, २०७७
  • 866
    SHARES

संखुवासभा २९ मङ्सिर । नेपाली काँग्रेसका नेता दिपक खड्काले प्रधानमन्त्री केपी शर्मा ओलीको वर्तमान सरकार तानाशाही र भ्रष्टचारी बनेको बताउनुभएको छ ।

नेपाली काँग्रेसले आज देशभर गरेको विरोध प्रदर्शनका क्रममा गृहजिल्ला संखुवासभाको विरोध सभालाई सम्बोधन गर्दै पूर्व राज्यमन्त्रीसमेत रहनुभएका नेता खड्काले वर्तमान सरकारले जनताको भोटको दुरुपयोग गरेको आरोप लगाउनुभयो ।
“काँग्रेस नेतृत्वमा निर्माण भएको संविधानको माया कम्युनिष्ट सरकारलाई छैन, वर्तमान सरकारले लोकतन्त्रलाई संरक्षण र विधिको पालना गर्न वर्तमान सरकार सकेन,”–उहाँले भन्नुभयो ।

नेता खड्काले विस २०६४ सालको संविधान सभाको निर्वाचनपछि बनेको चार कम्युनिष्ट सरकारले संविधान दिन नसकेपछि काँग्रेसका तत्कालिन सभापति स्वर्गीय सुशील कोइराला सरकारले संविधान दिएको बताउँदै संविधान रक्षाको जिम्मा पनि काँग्रेसको काँधमा आएको स्पष्ट पार्नुभयो ।

संखुवासभाको विरोध सभामा काँग्रेस संखुवासभाका सभापति दिपनकुमार श्रेष्ठ, पूर्व राज्यमन्त्री तारामान गुरुङलगायत जिल्लाका नेताहरुले सम्बोधन गर्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)