आइतवार, साउन १०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

संविधान रक्षाका लागि काँग्रेस लड्छ : नेता खड्का (भिडियोसहित)


  • माउन्टेन खबर
  • शनिबार, माघ ३, २०७७
  • 1.4K
    SHARES

संखुवासभा, ३ माघ । नेपाली काँग्रेसका नेता दिपक खड्काले संविधान रक्षाका लागि काँग्रेस लड्ने बताउनुभएको छ ।

सरकारले पुस ५ गते गरेको संसद विघटनको विरुद्धमा सरकारले ७५३ वटै स्थानीय तहमा गरेको विरोधसभाअन्तर्गत आज गृहजिल्ला संखुवासभाको चैनपुर नगरपालिका र धर्मदेवी नगरपालिकाको विरोध सभालाई सम्बोधन गर्दै उहाँले काँग्रेसको नेतृत्वमा बनेको संविधानको रक्षाका लागि काँग्रेस लड्नुपर्ने अवस्था आएको बताउनुभएको हो ।

“संविधानको मर्म र भावना विपरित सरकारबाट संसद विघटन गर्ने काम भएको छ, संविधानको रक्षाका लागि काँग्रेस लड्नुपर्ने बेला आएको छ,”–उहाँले भन्नुभयो । उहाँले काँग्रेस सँधै स्वतन्त्र न्यायपालिकाको पक्षमा रहेकाले अदालतको निर्णय मानेर अगाडि बढ्ने स्पष्ट पार्नुभयो ।

पूर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री राज्यमन्त्री खड्काले स्थायी सरकारका प्रधानमन्त्रीले नौ पटक मन्त्री हेरफेर गरेर मुलुकलाई अस्थिरतामा धकेलेको उल्लेख गर्नुभयो । बुढिगण्डकी, मेलम्ची खानेपानी आयोजना, वाइडबडी खरिद प्रकरणमा सबैभन्दा धेरै भ्रष्टचार गरेको वर्तमान सरकारले संसद विघटन गरेर अत्याचार गरेको नेता खड्काको भनाई छ ।

काँग्रेस संखुवासभाका सभापति दिपनकुमार श्रेष्ठले वर्तमान सरकारले लोकतन्त्रको संरक्षण र विधिलाई पालना गर्न नसकेको बताउनुभयो ।

काँग्रेस चैनपुर नगरपालिकाका संयोजक शङ्करमान कँडेल, महिला नेत्री अन्जना लिङ्खेत, काँग्रेस युवानेता सन्दिप निरौलालगायतले विरोध सभालाई सम्बोधन गर्नुभएको थियो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)