सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३ लाख नाघ्यो


  • माउन्टेन खबर
  • शनिबार, माघ २४, २०७७
  • 542
    SHARES

२४ माघ, काठमाडौं । विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३ लाख नाघेको छ । कोरोना संक्रमणका कारण हालसम्म २३ लाख सात हजार ९२ जनाको मृत्यु भइसकेको छ ।

१० करोड ५८ लाख ८१ हजार छ सय २७ जना कोरोना संक्रमित भएकोमा सात करोड ७५ लाख पाँच हजार आठ सय ६२ जना कोरोना संक्रमित निको भइसकेका छन् ।

अझै दुई करोड ५९ लाख ६३ हजार छ सय ६३ जना संक्रमित रहेकोमा एक लाख ५ हजारभन्दा बढीको अवस्था गम्भीर रहेको छ ।

पछिल्लो २४ घन्टामा मात्रै कोरोना संक्रमणका कारण विश्वभरी १३ हजार नौ सय १२ जनाको मृत्यु भएको छ भने चार लाख ७१ हजार तीन सय २४ जना संक्रमित थपिएका छन् ।

यसरी मृत्यु हुनेमा सबैभन्दा बढी अमेरिकी नागरिक रहेका छन् । अमेरिकामा हालसम्म चार लाख ७० हजार चार सय १७ जनाको मृत्यु भइसकेको छ भने २ करोड ७३ लाख ९८ हजार सात सय ११ जना संक्रमित भइसकेका छन् ।

पछिल्लो २४ घन्टामा मात्रै अमेरिकामा तीन हजार दुई सय ८४ जनाको मृत्यु भएको छ भने एक लाख १७ हजार पाँच सय १२ जना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घन्टामा मेक्सिकोमा एक हजार छ सय ८२ जना, ब्राजीलमा एक हजार दुई सय ४४ जना, बेलायतमा एक हजार १४ जना संक्रमितको मृत्यु भएको छ ।

यसैगरी रुसमा पाँच सय २७ जना, स्पेनमा पाँच सय ८४ जना, जर्मनीमा सात सय ७६ जना, इटालीमा तीन सय ७७ जना, फ्रान्समा चार सय १३ जना, पोल्यान्डमा तीन सय ६८ जना, पोर्चुगलमा दुई सय ५८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)