सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बेइजिङका नगरहरुलाई कोरोनाको उच्च र मध्यम जोखिमका रुपमा छुट्याइयो


  • माउन्टेन खबर
  • बुधबार, माघ २८, २०७७
  • 684
    SHARES

२८ माघ, काठमाडौं । चीन सरकारका स्वास्थ्य अधिकारीहरुले यहाँको राजधानी शहर बेइजिङका कतिपय नगरहरुलाई उच्च तथा मध्यम खालको जोखिमयुक्त नगरहरुका रुपमा विभाजन गरिएको जनाएका छन् ।

सो कुराको जानकारी बेइजिङका अधिकारीहरुले मंगलबार पत्रकार सम्मेलन गरेर दिएका प्राप्त समाचारमा जनाइएको छ ।

मंगलबार दिइएको सो जानकारीअनुसार बेइजिङको रोङ्घुई भन्ने नगरलाई यसअघि उच्च जोखिम भएको नगरका रुपमा राखिएकोमा मंगलबार त्यसलाई पनि न्यून जोखिमयुक्त नगरका रुपमा राखिएको छ ।

मानिसका ठूलो बस्ती रहेका यहाँका अरु नगरहरु भने यसअघि नै कम जोखिमयुक्त बस्ती तथा नगरका रुपमा लिइएको छ ।

यहाँका अधिकारीहरुले नागरिकको बस्ती तथा नगरको घनत्व पनि हेरेर त्यहाँ महामारीको के कस्तो अवस्था छ भन्ने बारेमा अनुसन्धान गरिरहेका छन् ।

यदि उच्च जोखिमयुक्त अवस्थामा ती बस्ती र नगर रहेको अवस्थामा भने सफा गर्ने, स्यानिटाइज गर्ने र नागरिकहरुलाई सतर्क रहन आग्रह गर्ने गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)