सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

घर घर पुगेर कोरोना खोप दिदैँ माल्दिभ्स


  • माउन्टेन खबर
  • बुधबार, फाल्गुन ५, २०७७
  • 398
    SHARES

५ फागुन, माले । माल्दिभ्सले कोभिड-१९ विरुद्धको खोप सेवा घरघरमा पुगेर दिने घोषणा गरेको छ। स्थानीय सञ्चार माध्यमहरूले कोभिड–१९ को महामारी तथा असक्तताका कारण घरभन्दा टाढा पुगेर सेवा लिन असमर्थ समुदायलाई लक्षित गरी मोबाइल खोप सेवा सरकारले उपलब्ध गराउन लागेको समाचार प्रकाशन/प्रशारण गरेका छन्।

माल्दिभ्सको स्वास्थ्य सुरक्षा निकाय एचपिए, माल्दिभ्स रेड क्रेसेन्ट तथा धमना वेसी सहरी प्राथमिक स्वास्थ्य सेवा केन्द्रले सरकारको अभियानलाई सफल पार्न प्रतिबद्धता जनाएका छन्।

अभियानबारे एमआरसी सेक्रेटरी जनरल फतिमा हिम्यलाई उद्धृत गरी भनिएको छ, ‘एमआसीले गाउँ गाउमा पुगेर खोप लगाउन नागरिकहरूलाई सचेत बनाएको छ। खोप अभियानमा सहयोग गरेको छ। ती संस्थाहरूले खोप लगाएपछि हुने सम्भावित समस्यालाई मध्य नजर गर्दै एम्बुलेन्समार्फत आकस्मिक सेवासमेत दिने जनाइएको छ।’

माल्दिभ्सले फेब्रुअरी १ देखि कोभिड–१९ विरूद्धको खोप कार्यक्रम अघि बढाएको छ भने अहिलेसम्म ४३ हजार ८१७ व्यक्तिलाई प्राथमिकताका आधारमा खोप दिइसकेको छ। खोप लगाएका मध्ये अधिकांश मानिस राजधानी माले तथा अन्य सहरी क्षेत्रका रहेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)