मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोनाविरुद्धको दुवै डोज लगाएका दुई जनालाई कोरोना पोजेटिभ


  • माउन्टेन खबर
  • शुक्रबार, फाल्गुन २८, २०७७
  • 525
    SHARES

२८  फागुन, काठमाडौं । भारतको महाराष्ट्रस्थित जालना जिल्लामा कोरोनाभाइरसविरुद्धको दुवै डोज लगाएका दुई जना स्वास्थ्यकर्मी कोरोना पोजेटिभ पाइएका छन् । एक अधिकारीका अनुसार खोप लिएको केही दिनपछि दुवैमा हल्का लक्षण देखिएको थियो । उनीहरुको नमूना परीक्षण गर्दा दुवैको रिपोर्ट पोजेटिभ आएको छ ।

एडिसनल सिभिल सर्जन पद्मजा सराफका अनुसार दोस्रो डोज लिएको ४२ दिनपछि शरीरमा पूर्णरुपमा एन्टीबडी विकास हुन्छ । त्यसैले खोप लगाएपछि पनि कोभिड प्रोटोकल पालना गर्नुपर्ने उनको सुझाव छ । यता, भारतमा नै विकास र उत्पादन गरिएको ‘कोभ्याक्सिन’ लाई आपत्कालिन प्रयोगका लागि अनुमति दिइएको छ ।

भारतमा पछिल्ला दिनमा लगातार रुपमा कोरोना संक्रमितको संख्यामा बृद्धि भइरहेको छ । पछिल्लो २४ घण्टामा २३ हजार २९८ जनामा संक्रमण पुष्टि भएको छ भने १५ हजार ०७२ जना निको भएका छन् । यही अवधिमा थप ११९ जनाले ज्यान गुमाएका छन् । महाराष्ट्रमा सबैभन्दा धेरै १४ हजार ३१७ जना नयाँ संक्रमित फेला परेका छन् । संक्रमित बढ्न थालेपछि पञ्जाबको पटियाला जिल्लामा राति ११ बजेदेखि बिहान ५ बजेसम्म नाइट कर्फ्यू लागु गरिएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)